आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेत सरकारले दिएको आममाफी एक महिना थप

परदेशी खबर १६ पुष २०७७, बिहीबार ०८:३७ मा प्रकाशित ( ३ साल अघि) २९३ पाठक संख्या

परदेशी खबर । डिसेम्बर ३१, कुवेत । कुवेतले गैरकानूनी रूपमा बसोबास गरिरहेका बिदेशी श्रमिकहरुलाई दिएको आममाफी एक महिना थपेको छ यो सँगै अवैध रुपमा बस्दै आएका नेपाली श्रमिकहरुले पनि अवसर पाउने छन् ।

कुवेत सरकारले गैरकानूनी रूपमा बसोबास गरिरहेका विदेशी कामदारलाई कानूनी रुपमा बस्न पाउने वा जरिवाना तिरेर देश छोड्न दिएको अवसर डिसेम्बर ३० तारिखमा सकिएको थियो यो सँगै थप एक महिनाको समय दिएको आन्तरिक मन्त्रालयले जनाएको स्थानिया समाचार माध्यममा खबर छ ।

पछिल्लो आममाफी जनवरी १, २०२० भन्दा पहिले गैरकानूनी रूपमा बसोबास गर्ने प्रवासीहरूलाई लागू हुने जनाएको छ । कुवेत सरकारले दिएको एक महिनाको अवधिमा १ हजार जनाले आममाफीको फाइदा लिएको मन्त्रालयले जनाएको छ ।

देशमा बसोबास गर्न चाहने अवैध विदेशी श्रमिकहरुले समयावधिले डिसेम्बर ३१ देखि जनवरी सम्ममा रेसिडेन्सी मामिला विभागमा गएर आवश्यक जरिवाना तिर्नुपर्ने जनाएको छ ।

जरिवाना तिरेपछि उनीहरूलाई देश छोड्ने निश्चित अवधि दिइनेछ र कुवेत फर्कने अनुमति दिइने जनाएको छ् । आफूलाई कानूनी बनाउन वा निर्धारित अवधिमा मुलुक नछोडे कानूनी उपायहरू अपनाउदै डिपोट गरिने र यसरी फिर्ता पठाइएकाहरुले पुन: कुवेत प्रवेशमा प्रतिबन्ध लगाइने मन्त्रालयले जनाएको छ ।