आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कोरोनाको जोखिम बढ्न सक्ने खतरा रहेकोले नेपाली श्रमिकलाई सावधानी अपनाउन दूतावास कतारको आग्रह

परदेशी खबर १४ पुष २०७७, मंगलवार ०९:१४ मा प्रकाशित ( ३ साल अघि) २३९ पाठक संख्या

परदेशी खबर / २९ डिसेम्बर। कतारमा पनि नयाँ आएको कोरोना जोखिम बढ्न सक्ने भन्दै नेपाली श्रमिकलाई सावधानी अपनाउन नेपाली राजदूतावासले आग्रह गरको छ ।

कतार सरकारद्वारा अवलम्बन गरिएका निरोधात्मक उपायहरु जस्तै तोकिएको संख्याभन्दा बढी हुने गरी भिडभाड नगर्ने, मास्कको प्रयोग गर्ने, साबुनपानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सावधानी अपनाउन आग्रह गरेको छ । विभिन्न पर्व उत्सवहरु मनाउँदा समेत स्थानीय नियम कानून तथा संस्कति अनुरुप मर्यादित ढंगले तथा भिडभाड नगरी मनाउन समेत दूतावासले आग्रह गरेको छ ।

कतारमा रहेकाे नेपाली दूतावासले कतारका छिमेकी देशमा कोभिड सङ्क्रमण बढेको भन्दै त्यसको असर कतारमा पनि पर्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेको हो ।