आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

कुवेतमा डम्मरबहादुर साउदको मृत्‍यु

परदेशी खबर ३० मंसिर २०७७, मंगलवार ०९:३८ मा प्रकाशित ( ३ साल अघि) २३१ पाठक संख्या

 

परदेशी खबर/ कुवेत – कुवेतमा अल जजिरा कम्पनीमा कार्यरत (-०९१६३४७१) पासपोर्ट भएको डम्मर बहादुर साउदको १४ डिसेम्बर २०२० को दिन हृदयघातको कारण फर्वानिया अस्पतालमा मृत्यु भएको नेपाल कुवेत सरोकार समाजका अध्यक्ष राम तामाङले जानकारी दिनु भएको छ ।

अल जजिरा कम्पनीमा ड्राइभर काम गर्दै आएका डडेलधुरा, अजयमेरु गाउँपालिका वडा न. १ समैजी घर भएका साउद रोजगारीको सिलसिलामा दश वर्ष पहिले कुवेत आएका थिए । मृतकको घरमा श्रीमति एक छोरा र एक छोरी छन ।

 नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार “डम्मर बहादुर साउदको मृत्यु भएको प्रारम्भिक जानकारी नेपाली दूतावासमा आइसकेको तर अस्पतालको रिपोर्ट भने आउन बाँकी रहेको बताएको  छ । मृतकको शव नेपाल पठाउनको लागि कानूनी प्रक्रियाका कामहरु अगाडी बढाएर पनि परिवारसँग भने संपर्क हुन नसकेको पनि जानकारी दिनु भयो ।