दावा शेर्पाको नेतृत्व टिमले विन्टर एक्पेडेसनमा इम्जा-से(आइल्याण्ड पेक: ६१६५ मि.) आरोहण गर्न सफल

मानु कोन्मे तमु, नेपाल

डिसेम्बर १३- विश्वभर कोभिड-१९ को संक्रमणको कारणले भयावह अवस्था रहि विश्व बन्दाबन्दी (लकडाउन)को कारणले आवात-जावात बन्द रहि सरकारी कार्यालय, निजि क्षेत्र, संस्थान, शिक्षा, व्यापार, व्यावसायि र पर्यटन क्षेत्र लगायत सबै क्षेत्र बन्द रहेको अवस्थामा पनि पर्यटन क्षेत्रलाई थप उर्जा र पर्यटन प्रबर्द्धनको लागि गत डिसेम्बर ११,
१७ औं अन्तर्राष्ट्रिय पर्यटन दिवसको अवसरमा ‘आइ एम ट्रेकिङ एन्ड एक्डेपेसन प्रालि’ मार्फत पर्यटन क्षेत्रमा आबर्द्ध एवं माउन्टेन गाइड गोरखानी २, सोलुखुम्बु स्थायी घर दावा शेर्पाको नेतृत्वमा पासाङ शेर्पा ( लखोप-८, दूधकुण्ड नगरपालिका, सोलुखुम्बु), र सन्दुक दिर्जे तामाङ (समरे, खुम्बु पासाङल्हामु गाउँपालिका) लगायत ३ जनाले विन्टर एक्पेडेसनमा इम्जा-से(आइल्याण्ड पेक: 6165 मि.) ५, डिसेम्बर २०२०, बिहान ७ बजे आरोहण गर्न सफल भएको थियो भने सोही २ दिन पछि लगत्तै लोबुजे पुर्व ६११९ मि. बिहान ६:५० र लोबुजे पश्चिम ६१३५ बिहान ८:२० मा ८ डिसेम्बर २०२०मा आरोहण गर्न सफल भएको थियो ।

पर्यटन क्षेत्रमा आबर्द्ध दावा शेर्पा एक पर्यटन/माउन्टेन गाइडको साथै त्रिभुवन विश्वविद्यालय बाट मानवशास्त्र विषयमा स्नातकोत्तर तह उतिर्ण समेत गरेको छ । कोभिड-१९ को संक्रमणको आक्रान्त रहेको बेलामा पनि आफ्नो पेशा व्यावसायिलाई उच्च राख्न र यस्तो महामारीको बेलामा पनि पर्यटन क्षेत्रमा असम्भव केही रहेन र सम्भव रहेछन् भन्ने सन्देश समेत प्रवाह भएका छ।






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत
  • नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस