कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

कुवेत – कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन । भरतपुर महानगर पालिका–१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन।

कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत कम्पनी र मृतकको परिवार संग समन्वय गरी कानुनी प्रकृयामा सहयोग गर्ने कुवेत स्थित नेपाली राजदूतावासका दितिय सचिब श्रीकृष्ण सिलवालले बाताए। यद्यपी उनको पोस्टमार्टम रिपोर्ट आइसकेको छैन् । 

घटनाबारेमा कुवेत प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ । नेपाली घर बिदामा गएर आएको एक वर्ष मात्र भएको थियो। मृतक नेपालीको घरमा श्रीमान र एक छोरा, एक छोरी रहेका छन् ।






Related Posts
  • कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत
  • नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
  • जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ
  • कास्कीकी बुद्दीसीरीले गरिन कुवेतमा आत्महत्या
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस