कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे

नैनकला राई / नोभेम्बर २८ ,कुवेत।  कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ।

कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर देउसीभैलो खेलि संकलन गरिएको साहयोगार्थ रकम कुवेती १सय ६ दिनार ७५० फिल्स  (नेपाली रुपैया ४०  हजार ४ सय ५८ रुपैयाँ) बिरामी १३ महिने बालिको सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, खातामा जम्मा गरिएको उनले जानकारी दिएकी छन् l

सहयोगी भावना बोकेकी सिर्जना सुनार लगाएत साथीहरुले सियोनाको बचाउका लागी सानै भएपनि सहयोग गरेर पर्खालमा इटा थप्न सफल पारिदिनु हुने सम्पूर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेकी छिन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस  

 






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत
  • नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस