राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना संक्रमण


मङ्सिर १०,काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ। कप्तान मल्लसहित उपकप्तान दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल र बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको हो।

लामो समय ठप्प रहेको नेपाली क्रिकेटको बन्द परीक्षण सुरु गर्न खेलाडीहरु र प्रशिक्षक जगत टमाटाको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको थियो। जसमा कप्तान मल्ल, उपकप्तान ऐरी र पौडेललाई कोरोना संक्रमण देखिएको हो। बसन्त रेग्मी भने भैरहवामा रहँदै संक्रमित भएका हुन्।

यसैगरी सुवास खकुरेल, सन्दीप लामिछाने, शरद भेषावकर र करण केसीको भने कोरोना परीक्षण हुन बाँकी नै छ। उनीहरु बन्द परीक्षणमा रहनका लागि आइसकेका छैनन्। बन्द परीक्षणमा रहन कोरोना परीक्षण गराएका अरु सबै खेलाडीको कोरोना नेगेटिभ देखिएको छ।

कप्तान मल्लले आफूलाई कोरोना संक्रमण भएको फेसबुकमार्फत जानकारी पनि दिएका छन्। आफूले सुरक्षाका उपाय अपनाउँदा अपनाउँदै संक्रमित भएको भन्दै उनले आफ्नो सम्पर्कमा आएका सबैलाई स्वास्थ्य सुरक्षाका उपाय अपनाउन आग्रह गरेका छन्।

आफूलाई अहिलेसम्म कुनै पनि लक्षण नदेखिएको भन्दै उनले लेखेका छन्– ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन, केही दिन सेल्फ आइसोलेसनमा हुनेछु। कोरोनालाई सामान्य रुपमा नलिनु होला।’






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस