रहेनन् विश्वप्रसिद्द फूटबलर म्याराडोना

मंसिर १०,काठमान्डौ। विश्वप्रसिद्द फूटबल खेलाडी डिएगो म्याराडोनाको ६० बर्षको उमेरमा निधन भएको छ । मस्तिष्कमा रक्तसञ्चार सम्बन्धि समस्या आएपछि यसै महिनाको शुरुतिर एक शल्यचिकित्साद्धारा उनको उपचार गरिएको थियो । त्यस्तै अध्यधिक मादक पदार्थ सेवनबाट उत्पन्न स्वाथ्य समस्याबाट पनि उनी पीडित थिए ।
म्याराडोनालाई फूटबल खेलको इतिहासमा सबैभन्दा उत्कृष्ट खेलाडीहरुमध्ये एक मानिन्छ । उनकै कप्तानीमा उनको देश अर्जेण्टिनाले सन् १९८६ को विश्व कप फूटबल प्रतियोगीता जितेको थियो । क्लब करिअर तर्फ उनले स्पेनको वार्सिलोनाबाट खेलेका थिए भने इटालीयन क्लब नेपोलीलाई दुई पटक सिरी ए टाइटल दिलाएका थिए ।
(Next News) राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित चार क्रिकेट खेलाडीमा कोरोना संक्रमण »