सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न मन्त्रिपरिषदको स्वीकृति

मंसिर १०,काठमाडौं / मन्त्रिपरिदको बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न स्वीकृती दिएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्न भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृती दिएको हो ।

भूमी व्यवस्था मन्त्रालयले यसबारे मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । आर्थिक वर्ष २०६४÷६५ बाट सुरु गरिएको सगरमाथाको उचाई मापनका गर्न भन्दै करोडौं रुपैयाँ खर्च भएको छ ।

आफू जानै नपर्ने ठाउँमा हेलिकोप्टर चार्टर गरेर भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यात सगरमाथा घुम्न समेत गएकी थिइन् ।

२०७२ सालको भूकम्पले सगरमाथाको उचाईमा असर पारेको हुनसक्ने नापी विभाग अनुमानपछि सरकारले करोडौं खर्चेर उचाई मापन गरेको हो ।

मन्त्रीपरिषद्बाट स्वीकृती प्रदान भइसकेपछी अब केहीदिनमा कार्यक्रम बनाएर मन्त्रालयले औपचारिक रुपमा सगरमाथाको नयाँ उचाई सार्वजनिक गर्ने भएको छ ।

सन् २०१९ मा चिनका राष्ट्रपती सि चिङफिङको नेपाल भ्रमणका क्रममा सगरमाथाको उचाई सँयुक्तरुपमा घोषणा गर्ने सहमती भएको थियो । सोहीबमोजीम सगरमाथाको उचाई नाप्ने काममा नेपाल र चिनका सरकारी टोली खटिएका थिए ।

पछिल्लो पटक सर्वे अफ इण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर हालसम्म कायम रहेको छ ।






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस