अफगानिस्तानमा दुई विष्फोटमा: कम्तीमा १४ जनाको मृत्यु

काठमाडौं,१० मंसिर । अफगानिस्तानको बामियान प्रान्तमा भएको दुई शक्तिशाली विष्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । साथै यी घटनामा परी थप ४५ जना घाइते भएका छन् । सो प्रान्तका अधिकारीहरुले मंगलबार दिएको जानकारी अनुसार बमियान सहरको मुख्य बजारको सडक छेउमा दुई बमहरु लुकाएर राखिएको थियो । सोही बम विष्फोट हुँदा दुई ट्राफिक प्रहरीसहित १४ जनाको मृत्यु भएको हो । त्यस्तै नजिकैको रेष्टुरेन्ट र पसलमा रहेका थप ४५ जना मानिसहरु पनि घाइते भएका छन् ।

अफगानिस्तानको सहयोगका लागि स्विट्जरल्याण्डमा सम्मेलन चलिरहेको अवस्थामा अफगानिस्तानमा उक्त विष्फोट भएको हो । यो विष्फोट कसले गराएको हो भन्ने विषयमा भने अझै खुल्न सकेको छैन । अफगानिस्तानको मुख्य विद्रोही तालिबानले यो घटनामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । अफगानिस्तान र तालिबानबीच कतारमा दुई दशकदेखि मुलुकमा जारी युद्ध अन्त्य गर्न शान्तिवार्ता चलिरहेको छ ।

सन् २०२० को सुरुआती नौ महिनामा सरकार र तालिबानका लडाकुबीचको युद्धमा परी ६ हजार अफगानी नागरिकको मृत्यु वा घाइते भएका थिए ।

स्रोत : रोयटर्स






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस