आईसीसीको नयाँ अध्यक्ष बने ग्रेग बार्कले

काठमाडौं,१० मंसिर । न्यूजिल्याण्डका ग्रेग बार्कले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को अध्यक्ष बनेका छन् ।

अकल्याण्डमा कानुन व्यवसाय गर्दै आएका बार्कलेले अन्तरिम प्रमुख रहेका इमरान ख्वाजालाई पछि पार्दै अध्यक्ष पदमा नियुक्त भएका हुन् । उनी सन् २०१२ देखि न्यूजिल्याण्ड क्रिकेटको निर्देशकको रुपमा छन् र हाल आईसीसीमा न्यूजिल्याण्डको प्रतिनिधिको रुपमा छन् । आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले न्यूजिल्याण्ड क्रिकेटको निर्देशक पदबाट छाड्नेछन् ।

सन् २०१५ अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएको आईसीसी मेन्स क्रिकेट वर्ल्डको समेत निर्देशक रहेका बार्कले नर्दन डिस्ट्रिक क्रिकेट एसोसिएसनको पूर्व बोर्ड मेम्बर र प्रमुख थिए ।

आईसीसीको अध्यक्ष चयन भएपछि बार्कलेले आफ्नो लागि यो सम्मान भएको बताए र आईसीसीका अन्य निर्देशकहरुलाई धन्यवाद दिए । यस्तै उनले विश्वव्यापी रुपमा रहेको कोरोना महामारीबाट माथि उठ्दै सबै मिलेर क्रिकेट खेलको लागि नेतृत्व गर्ने आशा व्यक्त गरे ।

यस्तै उनले कठिन समयमा आईसीसीको अन्तरिम प्रमुखको भूमिकामा रहेर काम गरेका ख्वाजालाई पनि धन्यवाद दिए ।बार्कलेले अब यसै वर्षको शुरुमा पद छाडेका शशांक मनोहरको स्थान लिनेछन् ।






Related Posts
  • निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा
  • कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?
  • नेपालमा ‘कोभिसिल्डु’ कोभिडको खोप प्रयोग गर्न अनुमति दियो सरकारले
  • नेपाल–भारत पेट्रोलियम पाइपलाइनमा प्वाल पारेर हजारौं लिटर डिजेल चोरी
  • पछिल्ला सम्प्रेसणहरु

    निरेमको नया म्यूजिक भिडियो “ओठको मुस्कान ” युट्युबमा

    कुन देशको कस्तो प्रतिक्रिया बाइडेनको सपथपछि?

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस