कुवेतका नेपाली दुतावास र पब्लिक अथोरिटी अफ मेनपावरका प्रतिनिधि बीच नेपाली कामदारको हकहित संरक्षणको बारेमा भेटघाट सम्पन्न

परदेशी खबर/ नोभेम्बर २०,कुवेत। कुवेतमा रहेका नेपाली कामदारको हकहित संरक्षणको बारेमा नेपाली राजदूतावासका राजदूत दुर्गाप्रसाद भण्डारी तथा कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा मुबारक अल-अज्मी बीच पब्लिक अथोरिटी अफ मेनपावरमा १९नोभेम्बर बिहिबारका दिन शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।

भेटका अवसरमा कुवेतमा रहेका नेपाली कामदारहरूका विषयमा मूलतः नेपाली कामदारहरूको वर्तमान अवस्था, कामदारको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था, कुवेत सरकारद्वारा विदेशी कामदारका लागि सञ्चालित आश्रय स्थलमा सहज पहुँच, रोजगारीको सुरक्षा तथा नेपालीका लागि यहाँको रोजगारीमा अवसर साथै काठमाडौं-कुवेत बीच शीघ्र प्रत्यक्ष उडान सुचारू गर्नुपर्ने लगायतका विषयमा कुराकानी भएको थियो ।

भेटका अवसरमा दूतावासको श्रम सहचारी बिपना ज्ञवाली, सहचारी यसोदा अधिकारी लगायत दूतावासका अन्य कर्मचारीको पनि उपस्थिति थियो । साथै पब्लिक अथोरिटी अफ मेनपावर कुवेतका पतिनिधि जाबार अल अलि , नासर अल मासावी लगायतको उपस्थिति रहेको थियो।
कोरोना महामारीका कारण कुवेतबाट रोजगार गुमाएर फर्कनेको संख्या पनि धेरै रहेको छ भने। नेपाल घर बिदामा गएकाहरु विगत सात महिना देखि आउन पाएका छैन। साथै कुवेत सरकारले २०२१को जनवरी देखि ६० बर्ष उमेर पुगेकालाई कुनै पनि भिसामा अनुमति नदिने भएको छ।






Related Posts
  • एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • कोरियास्थित मुस्ताङ परिवार द्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग
  • रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जसपा नेपालको समायोजन सम्पन्न, दर्जनौ नेकपा र कांग्रेस परित्याग गरि जसपा प्रवेश
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस