एडीबीले त्रिभुवन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि १८ अर्ब ऋण सहयोग 


काठमाण्डौ, ५ मङ्सिर। एशियाली विकास ब्यांक (एडीबी) ले नेपालका दुई विमानस्थलको स्तरोन्नति र सुधारका लागि १५ करोड अमेरिकी डलर (करीब रु. १८ अर्ब) सहुलियतपूर्ण ऋण लगानी गर्ने भएको छ। 

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमवुद्ध विमास्थलको क्षमता अभिवृद्धिका लागि एडीबीले यो ऋण स्वीकृत गरेको हो। यी विमानस्थलको क्षमता सुधार, सुरक्षा तथा सञ्चालनको दक्षताका लागि यो ऋण रकम खर्च हुने एडीबीले जनाएको छ। यसले देशको पर्यटन क्षेत्रको अभिवृद्धि र विकास तथा कोभिड–१९ महामारीद्धारा सिर्जित आर्थिक संकटको दुष्प्रभावलाई समेत मत्थर गर्ने बताइएको छ। 

त्रिभुवन विमानस्थलमा ट्याक्सी वे को विस्तार तथा ह्याङ्गर निर्माणका लागि गौतम वुद्ध विमानस्थलमा टर्मिनल भवन बनाउन यो रकम खर्च हुनेछ। यो परियोजनाअन्तर्गत सोलार प्यानल र कम विद्युत खपत गर्ने बत्तीहरु जडान गरिने भएको वातावरण मैत्री समेत रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ। 






Related Posts
  • एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • कोरियास्थित मुस्ताङ परिवार द्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग
  • रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जसपा नेपालको समायोजन सम्पन्न, दर्जनौ नेकपा र कांग्रेस परित्याग गरि जसपा प्रवेश
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस