नेवा:पुच: युएईले नेपाल सम्बत ११४१ न्हुदँया भिन्तुना तथा म्ह पुजा मनायो

मनु कोन्मे तमु – नेवा:पुच: युएईले नेपाल सम्बत ११४१ न्हुदँया भिन्तुना तथा म्ह पुजा नेवा: पुच:युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठको निवासमा मनाएको छ। उक्त न्हुदँया भिन्तुना तथा म्ह पुजा कार्यक्रममा नेवा: पुच:का संरक्षक,भु.पु अध्यक्ष एवम् वर्ल्ड नेवा: अर्गनाइजेसनका केन्द्रीय सदस्य तथा नेफिन युएईका संरक्षक प्रमोद श्रेष्ठ, नेवा: पुच:का केन्द्रीय सदस्य मिसा पुच: दुबई  क्षेत्रिय समितिका सदस्य सपना मालाकार गिरी , धादिङ समाज युएईका अध्यक्ष प्रसिद्ध  खतिवडा लगायत अन्य अतिथी तथा परिवारजन मिली नेवा: पुच: युएईले मनाएको छ भने नेवा:पुच: युएई आफ्नो भाषा,धर्म,संस्कृति र कलाको जगेर्ना गर्न तदारुकताको साथ लागि परेको छ।

 बिश्वब्यापी रुपमा फैलिएको कोभिड -१९ को समय परिस्थिति र  युएईको कानुनलाई  मध्य नजर राख्दै  सबैजना सामुहिक रुपमा भेला भई गर्न सम्भव नभएको कारण  सिमित संख्याको उपस्थितिमा राष्ट्रिय बिभुती शंखध्वर साख्वाको तस्बिरमा माल्याणपण गरि शुभकामना आदानप्रदानका साथ नेवा:पुच: युएईले नेपाल सम्बत ११४१ न्हुदँया भिन्तुना तथा म्ह पुजा कार्यक्रम गरेको नेवा: पुच:युएईका महासचिव एवम् नेफिन युएईका महासचिव कुमार बलामीले बताएको छ भने सबै नेपालीहरु बिश्वको जो जहाँ जुनसुकै ठाउँमा रहेता पनि आफ्नो भाषा,संस्कृति र कला लाई नबिर्सन सबैलाई अग्रह समेत गरेका छन।






Related Posts
  • कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या
  • कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय
  • स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस