आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतबाट सियोना श्रेष्ठको उपचारका लागी ५१ हजार बढी सहयोग

परदेशी खबर २८ कार्तिक २०७७, शुक्रबार ११:३२ मा प्रकाशित ( ३ साल अघि) १०३ पाठक संख्या

परदेशी खबर / नोभेम्बर १३,कुवेत। पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ।

सियोना श्रेष्ठको लागि सहयोगार्थ कुवेती रकम १ सय ३४ दिनार २५० फिल्स (नेपाली रुपैया ५१ हजार ५ सय ३५ रुपैयाँ ५० पैसा) विशाल मानन्धरको बिषेश पहलमा नेपाली जन एकता सेवा समाज कुवेतले बिरामी १३ महिने बालिकालाई सहयोग गरेको हो।

बिगत ३ बर्ष यतादेखि कुवेतमा कार्यरत मानन्धरले नेपालको परासीस्थित बैंक अफ काठमाण्डूको शाखामा रहेको उनको खातामा पठाईएको बताए। अभियन्ता मानन्धरले सियोनाको बचाउका लागी सहयोग र साथ दिने सम्पुर्ण सहयोगीदाताहरुलाई धन्यवाद ब्यक्त गरेका छन।

यस्तै, सहयोग गर्न चाहने महानुभावहरुले सियोना श्रेष्ठको नाममा रहेको खाता नम्बर २०६५००००००३१५२४ बैंक अफ काठमाण्डू लिमिटेड शाखा परासी, स्विफ्ट कोड (BOKLNPKA) अथवा, ईसेवा आईडी ९८४७२०६४६६/९८१६४५७८०९ मा पनी सहयोग गर्न सकिने छ।