आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

बैतडीमा यात्रुवाहक बस दुर्घटना: ८ को मृत्यु, ४६ घाइते

परदेशी खबर २७ कार्तिक २०७७, बिहीबार १९:१३ मा प्रकाशित ( ३ साल अघि) २४७ पाठक संख्या

दार्चुला : बैतडीको गन्‍नाबाट छुटेको ना ५ ख ५१४१ न को पवनदुत यातायातको यात्रुवाहक बस बिहीबार राति बैतडीको खोडपेमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । अरु ४६ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरी राति नै डडेलधुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ ।

घटनास्थलमा राति नै बैतडी प्रहरी उद्धारका लागि पुगेको छ। रातिको समय भएकाले दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । मृतकबारे सम्पूर्ण जानकारी आएको छैन । घट्नास्थलबाट बैतडीका प्रहरी निरीक्षक धनदेव साउदले अन्नपूर्णलाई बताएअनुसार बसमा कम्तिमा ५४ जना यात्रु थिए । बस सडकबाट झण्डै ३ सय मिटर तल खसेकोले बस दुई टुक्रा भएको बताइएको छ ।

साथै उद्धार कार्यमा पनि कठिनाइ भएको प्रहरी निरीक्षक साउदले बताए । क्षमता भन्दा धेरै यात्रु बोकेकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।