आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

पत्रकार गोपाल शिवाको कोरोनाका कारण निधन

परदेशी खबर १३ कार्तिक २०७७, बिहीबार ११:०४ मा प्रकाशित ( ३ साल अघि) १४४ पाठक संख्या

वैदेशिक रोजगारीको शिलशिलामा कुवेतलाइ कर्मथलो बनाइ केहि वर्ष कार्यारत रहि स्वदेशमै केहि गर्ने सोचका साथ नेपाल फर्किएका कलमकर्मी गोपाल शिवाको कोरोनाको कारण ज्यान गएको छ । शिवा केहि दिन देखि कोरोना संक्रमित भइ उपचाररत रहेकोमा गत सोमबार राती उपचारको क्रममा उनको निधन भएको हो ।

अत्यन्त मिलनसार, मृदुभाषी सामाजिक अभियन्ताको रूपमा चिनिएका शिवा कुवेतमा रहँदा एक कलमकर्मीको रूपमा हाम्रोसंचार डट कमको प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघको सह-सचिव पदमा कार्यारत रहंदै स्वदेश फर्किएका थिए । काठमाडाैंको पेप्सीकोला घर भएका शिवाले केहि दिन अघि मात्रै अाफू र श्रीमती दुबैलाइ कोभिड-१९ पोजिटिभ देखिएकोले अाफूसँग सम्पर्कमा अाएका सबैलाइ कोरोना परिक्षण गर्न अाग्रह गर्दै सामाजिक सञ्जालमा स्ट्याटस राखेका शिवाको कार्तिक १० गते दशैंको टीकाको दिन राती ११ बजे निधन भएको हो । यो खबर निरेम अपडेटले प्रकाशित गरेका छन ।