आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

२४ घण्टामा २३ सय ६४ संक्रमित थपिए : मृतकको संख्या ९ सय नाघ्‍यो

परदेशी खबर १३ कार्तिक २०७७, बिहीबार १०:५७ मा प्रकाशित ( ३ साल अघि) १३४ पाठक संख्या

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा २३६४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । 

९ हजार ७६९ जनाको पीसीआर परीक्षण गर्दा १३ सय ८० पुरुष र ९८४ महिला गरेर २३ सय ६४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा तीन हजार ३८ डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या १ लाख २४ हजार ८३२ पुगेको छ । 

मन्त्रालयका अनुसार २४ घण्टामा १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ९०४ पुगेको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।