फ्रान्समा दोस्रोपटक देशभर लकडाउन घोषणा, स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग खुला रहने

फ्रान्स, १३ कात्तिक । कोरोना संक्रमणको दर तीव्र बन्दै गएपछि फ्रान्समा दोस्रोपटक देशभर लकडाउन घोषणा गरिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि फ्रान्स सरकारले देशभर लकडाउन घोषणा गरेको बताइएको छ । एजेनसीहरुका अनुसार यो लकडाउन आगामी नोभेम्बर महिनाभर जारी रहने छ ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोले राष्ट्रको नाममा सम्बोधन गर्दै अक्टोबर ३० अर्थात् भोलि शुक्रबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेका हुन् ।

लकडाउन अवधिमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन उनले देशवासीमा अपिल गरेका छन् ।

स्वास्थ्य क्षेत्र, स्कुल र उद्योग भने खुला रहने छ भने रेष्टुराँ र बारजस्ता व्यवसाय बन्द रहने छन् ।

मंगलबार मात्रै फ्रान्समा ३३ हजार जना नयाँ संक्रमित फेला परेका थिए । यो संख्या अप्रिल महिनापछि सबैभन्दा धेरै भएको पनि बताइएको छ ।

राष्ट्रपति म्याक्रोले देशमा कोरोना संक्रमणको दोस्रो लहर खतराको स्तरमा पुगिसकेको बताउँदै यो पहिलेको भन्दा पनि खतरनाक हुने दाबी गरेका छन् ।

फ्रान्सलगायत अधिकांश युरोपेली देशहरुमा हाल कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा बढ्दै गएको छ । धेरै देशहरुले रात्रिकालीन कर्फ्युको सामना समेत गरिरहेका छन् ।एजेन्सी






Related Posts
  • एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • कोरियास्थित मुस्ताङ परिवार द्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग
  • रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जसपा नेपालको समायोजन सम्पन्न, दर्जनौ नेकपा र कांग्रेस परित्याग गरि जसपा प्रवेश
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस