कोभिड-१९ का कारण रोजगारी गुमाएका पत्रकारलाई सहयोग गर्न महासंघको सरकारसँग आग्रह

काठमाडौं, १३,कार्तिक। नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र वेतलवी विदामा रहेका श्रमजीवि पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

आज अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउन समेत माग गरेको छ । सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगरउन पनि आग्रह गरेको छ । सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टीम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभयो । महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उहाँले सबै सुझावहरु एकैपटक लागु गर्न सक्ने अवस्था नभएपनि वर्गिकरण गरी तत्कालिन र दिर्घकालिन रुपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाउनुभयो ।

महासंघले दुर्घटना विमालाई थप विस्तार गरी स्वास्थ्य विमा र जीवनविमाको व्यवस्था गर्न पनि अग्रह गरेको छ । महासंघमा सदस्यता नविकरण भएसँगै स्वतः विमा हुने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ । यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णहरु पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ । पत्रकार कल्याण कोषबाट यहि आर्थिक वर्षदेखि लागु हुनेगरी जेष्ठ पत्रकार जीजिकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ । विज्ञापन ऐनमा भएको व्यवस्था अनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्रतिमिकता दिनपनि महासंघले आग्रह गरेको छ ।






Related Posts
  • एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • कोरियास्थित मुस्ताङ परिवार द्वारा १२० थान न्यानो कपडा सहित दुई लाख त्रिचालिस हजार रुपैंया सहयोग
  • रामप्रसाद राई गाउँपालिका वडा नम्बर ७ मा जसपा नेपालको समायोजन सम्पन्न, दर्जनौ नेकपा र कांग्रेस परित्याग गरि जसपा प्रवेश
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस