कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर/ २३ , अक्टोबर – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ८१२ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढे १ लाख २० हजार २३२ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज २३ अक्टोबरमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १ लाख २० हजार २३२  जना मध्ये ८ हजार ५२ संक्रमितहरुको उपचार भैरहेको छ भने १२२ जनाको अवस्था गम्भीर साथै ७२६ थप गरि १ लाख ११ हजार ४४० जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्मा कतिको संख्यामा नेपालीको कोरोनाको कारण मृत्‍यु र सङ्क्रमित भयो त्यो उल्लेख गरिएको छैन।  पछिल्लो २४ घण्टामा १० जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ७४० पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

कुवेतमा अझै सबै हवाइ उडानहरु सहज हुन सकेको छैन ।  सार्वजनिक यातायात सुचारु गरिएको छ । कर्फ्यु हटाएको छ ।  स्कुल, सिनेमा हल र वेडिङहलहरु बाहेक अरु सबै ठाउँ खुली सकेको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले ५० %  जनशक्ती राखेर खुलाएसंगै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल साथ खुली सकेको छ । तर कुवेतको स्वास्थ्य मन्त्रालयले दोश्रो चरनको कोरोना महामारी जती खेर पनि आउन सक्ने भन्दै सचेत गराएको   छ ।  






Related Posts
  • कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या
  • कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय
  • स्वयम्भु बचाऔं अभियानद्वारा आन्दोलनका कार्यक्रम सार्वजनिक
  • कुवेतमा कार्यरत महिलाहरुले देउसीभैलो खेलेर उठेको रकम सियोनाको लागि सहयोग गरे
  • पछिल्ला सम्प्रेसणहरु

    एक वर्षपछि सार्वजनिक भयो तेह्रौँ सागको खर्च विवरण

    कुवेतमा एक नेपाली महिलाद्वारा आत्महत्या

    कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस