आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट १ लाख १ हजार २९९ सङ्क्रमित, ६१६ नयाँ संक्रमित, दुई जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर ७ आश्विन २०७७, बुधबार १२:२८ मा प्रकाशित ( ३ साल अघि) ९१ पाठक संख्या

परदेशी खबर/ २३ , सेम्टेम्बर – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ६१६ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढे १ लाख १ हजार २९९ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज अगस्ट २३ सेम्टेम्बरमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु १ लाख १ हजार २९९ जना मध्ये ८ हजार ३६८ संक्रमितहरुको उपचार भैरहेको छ भने १०१ जनाको अवस्था गम्भीर साथै ७२९ थप गरि ९२ हजार ३३९ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिले सम्ममा १ महिला सहित ९ जना नेपालीको कोरोनाको कारण मृत्‍यु भएको छ ।  कुवेतमा कति नेपाली सङ्क्रमित र मृत्‍यु  भयो त्यो उल्लेख गरिएको छैन।  पछिल्लो २४ घण्टामा २ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ५९० पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

कुवेतमा अझै सबै हवाइ उडानहरु सहज हुन सकेको छैन ।  सार्वजनिक यातायात सुचारु गरिएको छ ।  कर्फ्यु हटाएको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले ५० %  जनशक्ती राखेर खुलाएसंगै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।