भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

बोम्जन गुरुङ/ दक्षिण कोरिया – भलिबल खेल मार्फत नेपाल र नेपालीलाई विश्व सामु चिनाउने लक्ष्य सहित आफ्नो जीवन समर्पण गर्दै नेपाल प्रहरीमा समेत आबद्ध रहेका एक कुशल भलिबल खेलाडी तथा राष्ट्र सेवक ओम प्रकाश परियारलाई मेरुदण्डमा जटिल समस्या देखिएपछि उपचारका लागी नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाको नेतृत्वमा संकलित असी हजार दुई सय पचास रुपैंया हस्तान्तरण गरिएको छ ।

पर्वत जिल्लाको एउटा विकट गाउँमा जन्मिएर भलिबल खेलमा निकै अब्बल रहेका एक ईमान्दार, अनुशासित भलिबल खेलाडी ओम प्रकाशको सानो परिवार अर्थात् हजुरआमा, बुबा, आमा, एक भाई , श्रीमती र दुई छोरी पर्वतकै गाउँमा उनकै भरमा साधारण अवस्थामा चलिरहेको थियो । अकस्मात् २०७६ माघ १ गते उनको जीवनमा अत्यन्तै दर्दनाक र कहालीलाग्दो घटना घट्यो । तनहुँ जिल्लाको देवघाट मेलामा खटिएका उनी ड्यूटी सकेपश्चात् साँझ फर्कने क्रममा उनी सवार प्रहरीको गाडी दुर्घटना हुँदा एक जनाले ज्यान समेत गुमाउन पर्यो भने उनको खुट्टा अनि शरीरको मेरुदण्ड भाँचिएको थियो । सरकारी तवरबाट उहाँको उपचार त भयो तर प्रभावकारी भने भएन । झन् दिन प्रतिदिन अन्य समस्याहरु थपिदै गईरहेको अवस्था रहेको छ ।

विगत ८ महिनादेखि उपचाररत ओम प्रकाशको शारीरिक अवस्था अझ जटिल हुन आई अर्थात् ढाडमा चार ठाउंमा घाउ हुन आई जटिल अप्रेशनको तयारीमा पोखरा स्थित Green Pastures Hospital Pokhara मा उपचाररत छन् । सरकारी तवरबाट पर्याप्त उपचारको व्यवस्था उपलब्ध नहुँदा, बिरामीको पारिवारिक आर्थिक अवस्था कमजोर र उपचार खर्च महङ्गो भएको कारण Nepal National Volleyball Team Fan Club ले सञ्चालन गरिरहेको सहयोग संकलन अभियानकै क्रममा नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले पनि उक्त सहयोग रकम जुटाएको हो ।

सो सहयोग हस्तान्तरण कार्यक्रममा संघको तर्फबाट सदस्य तथा राष्ट्रिय रेफ्री डिल्लु बिरकट्टा मगरले प्रतिनिधित्व गरेका थिए । दक्षिण कोरियाबाट प्राप्त सहयोग रकम असी हजार रुपैंया सहित अन्य मुलुकहरु अमेरिका, दुबई लगायतका देश र नेपाल भित्रबाटै गरेर कूल छ लाख पचास हजार एक सय त्रिसठ्ठी रुपैंया सहयोग जुटेको थियो । बिरामी परियारलाई आज मंगलबार नेपाल भलिबल संघ (केन्द्रीय/क्षेत्रीय) र नेपाल राष्ट्रिय भलिबल टीम फ्यान क्लबका पदाधिकारीहरुको रहोबरमा सो संकलित रकम एकमुष्ट रुपमा हस्तान्तरण गरिएको छ ।

नेपाल प्रहरीमा आबद्ध रहेका उनी राष्ट्रसेवक मात्र नभएर एउटा कुशल भलिबल खेलाडी भएकोले उनको दु:खमा संकलित सहयोगले केही राहत मिल्नेमा संघका सचिव लेसन गुरुङले विश्वास व्यक्त गरे । राष्ट्रिय गौरव र शानसँग प्रत्यक्ष जोडिएका भलिबल खेलाडीका हौसला, समस्या र अप्ठ्यारो परिस्थितिमा सहयोगको निमित्त संघ हमेशा तत्पर रहेको प्रष्ट्याउँदै यस अघि नेपाली राष्ट्रिय भलिबल खेलाडी पल्सर पिपल्स चोईस अवार्ड २०१८ मा मनोनित मानबहादुर श्रेष्ठको लागि नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले सहयोग जुटाएको जानकारी संघका संयोजक भजिन्द्र क्षेत्रीले दिए । संघको हरेक गतिविधि र यो दुःखद घडीमा साथ दिदै बिरामीको स्वास्थ्य लाभको कामना सहित यस अभियानमा जोडिनुहुने समस्त भलिबल खेलप्रेमी, शुभचिन्तक तथा सहयोगीहरुमा नेपाल कोरिया भलिबल संघ दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)
  • “बिजय लक्ष्मी ले गरिन समर्पण “
  • कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)
  • देशभर ३७ हजार ३८२ सक्रिय संक्रमित, २४ घण्टामा ४ हजार ३९२ कोरोना पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

    “बिजय लक्ष्मी ले गरिन समर्पण “

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस