तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाद्धारा मृगौला पीडित जुना गुरुङलाई आर्थिक सहयोग

बोम्जन गुरुङ/सउल दक्षिण कोरिया – लमजुङ जिल्लाको राइनस नगरपालिका वडा नम्बर १ भंगारी निवासी दुवै मृगौलाको रोगले थलिएका उपचारार्थ जुना गुरुङलाई तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा दक्षिण कोरियाको नेतृत्वमा संकलित चौरहत्तर हजार रुपैंया आर्थिक सहयोग गरेको छ ।

कोरिया स्थित सक्रिय रुपमा समाजसेवाको पाटोमा शानदार उपस्थिति जनाउँदै आइरहेको जातीय संस्था तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले बीस दिनको अवधी राखेर “जुना गुरुङ बचाउ अभियान” सञ्चालन गरेको थियो । सो अभियानबाट संकलित रकम आर्थिक राष्ट्रिय दैनिकको सहजीकरणसँगै समाजसेवी व्यक्तित्वहरु श्याम सुन्दर पाठक र बिजन गुरुङले बिरामीलाई छाउनी अस्पताल नजिकै रहेको उनकै कोठामा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

कोरोनाको कहर र नेपालमा जारी लकडाउनका कारण संकलित रकम बिरामीलाई समयमा उपलब्ध गराउन असमर्थ रहेको जानकारी तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका सचिव समेत रहेका अभियन्ता गीतासिंह गुरुङले बताए । फेसबुकमा सानो ग्रुप निर्माण गरी यस अभियानको थालनी गरिएको र संकलित रकमले मृगौला पीडितको उपचारमा थोरै भएपनि राहत र सान्तवना मिल्नेमा सोही संस्थाका अध्यक्ष अनिस गुरुङले विश्वास व्यक्त गरे ।

“जुना गुरुङ बचाउ अभियान” मा जोडिएर ३१ जना सहयोगीहरुले स्वेच्छिक रुपमा आर्थिक सहयोग गरेका थिए । उक्त अभियानमा ७ लाख २३ हजार ५ सय कोरियन वोन अर्थात चौरहत्तर हजार रुपैंया संकलन भएको थियो । सहयोगीहरुको नामावली र रकमको विवरण संस्थाको पेजबाट अपडेट गरिएको छ । बिरामीको स्वास्थ लाभको कामना सहित अभियानमा जोडिनुहुने सबै सहयोगीहरुमा तमु धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।






Related Posts
  • भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग
  • २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए
  • खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस