आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण

परदेशी खबर २४ भाद्र २०७७, बुधबार १२:५८ मा प्रकाशित ( ३ साल अघि) ३५४ पाठक संख्या

सम्राट गुरुङ /पोखरा


सेेेप्टेम्ब९- हङकङ स्थित मर्दिखोलाबासीहरुको मुल संस्था मर्दिखोला सेवा समिति हङकङ र सो संस्थाको महिला विभाग, मर्दिखोला अामा समुह हङकङको नेतृत्वमा संकलित रु ३,००,००० (अक्षररुपी तीन लाख) अाज
हस्तान्तरण गरिएको छ। माछापुच्छ्रे गाउँ पालिका वडा नं ८, खोरामुखमा गत साउन २ गतेको पहिरो गएको थियो। सो पहिरोमा प्रेमराज वि.कका ३ नातिनातीनाहरु कुमार बिक (१६ वर्ष),समीर बिक (१४ वर्ष) र रोजिना बिक (१६ बर्ष)को ज्यान गएको थियो ।

सो संकलित रकम मर्दीखोला सेवा समिति हङकङ, महिला विभागका कोषाध्यक्ष सृजना गुरुङ र सह-कोषाध्यक्ष तुलसी गुरुङले मृतकका हजुरबुबा प्रेम राज बिकलाई पचहत्तर हजार र तिनै छोराबुहारीलाई जनही पचहत्तर हजार गरी कुल तीन लाख सहयोग गरेको हो।

यो दुखको घडीमा हङकङबाट अाफ्नो भोगका छोराछोरीहरुले अाफ्नो घाउमा मलमपट्टी लगाउने ठुलो गुन गर्नु भएकोमा हजुरबुबा प्रेम राज विकले अाशिर्वाद सहित धन्यवाद व्यक्त गर्नु भयो।
कोषाध्यक्ष सृजना गुरुङले सो रकम संकलन गर्न खटनु हुने मर्दि खोला सेवा समिति हङकङका अध्यक्ष रक्षा गुरुङ्ग, सचिब रामजी पौडेल र कार्य समिति सदस्यहरु, महिला बिभागका अध्यक्ष राम कुमारी गुरुङ्गज्यु (मोती), उपअध्यक्ष नानी कमला गुरुङ, सचिब लक्ष्मी गुरुङ्ग, कार्यसमिती सदस्य तिर्थ गुरुङ लगायत सम्पूर्ण सहयोगी मनहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो।

मर्दिखोला सेवा समिति हङकङले मर्दिखोला भेगमा विभिन्न सामाजिक कार्य लगायत भईपरि अाउने विभिन्न अापत विपत, प्रकृतिक प्रकोपहरुमा सहयोग गर्दै अाईरहेको छ। केहि दिन अगाडि मात्र मर्दि खोला सेवा समिति युकेको पहलमा पनि सोहि पहिरो पिडितलाई रु दुई लाख अार्थिक सहयोग गरेको थियो।