निलो गगन चुम्ने
अटल उदेश्यहरुलाई
सोच्दै नसोचेको तुवाँलोले
छपक्कै छोपिदियो अचानक
जीवनमा —
खुसीको रङ्गहरु भर्यो
रङ्गीचङ्गी फुलहरु छर्यो
तर…….
सोच्दै नसोचेको आँधिले
बगाएर लग्यो रङ्गहरु पर ~ पर सम्म
ओ प्रिय मान्छे,
अथाह माया गर्थ्यो हगि!
हाम्रो प्रेम देखेर डाहा गर्थ्यो दुनियाँले
त्यसैले होला सायद
डाहा गर्यो नियतीले पनि
उदाङ्गियो मेरो जीवन र लुटियो खुसीहरु।
संगै जिउने संगै मर्ने ती कसमहरु
म बिना बाँच्नै नसक्ने ती बाचाहरु
सम्झन्छु
चर्याउछ मेरो छाति अनि टुक्रिन्छ मेरो मुटु।
खुसी बोकेर हाँस्ने आँखाहरु
ओभाएनन कहिल्यै पनि
केवल
भिजिरहयो भिजिरहयो
कस्तो अल्झन भित्र
अल्झाएर छोडिगयौं
जीवनको आरोह अवरोह छिचोल्दै
बित्दैछ मेरो बाकी दिन र रातहरु
तर….
सकिन तिम्रो यादहरु
चिरफार गरेर उम्कन ।
बेस्सरी रुन्छु धरधरी
तितो अतितहरु सम्झेर
पग्लिएर बगिरहन्छु
रुदै सुसाउदै ओरालो बगेको नदि जस्तै
सकिन अरु जस्तो खुलेर हाँस्न
सकिन अरु जस्तो खुशीसँग बाँच्न
अनि
यस्तो लाग्छ तिमी संगै
समादिन भईसक्यो
मेरो जिन्दगी र मेरो खुसीहरु।
सरु शितल राई
धरान सुनसरी
हाल युएई