लिभर सिरोसिस बिरामी आशिष थापाले पाए स्याङ्जा परिवारबाट सवा छ लाख रुपैया आर्थिक सहयोग

बोम्जन गुरुङ/सउल दक्षिण कोरिया


सेेेप्टेम्ब ३ – स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका वडा नं. २ ईलुङ्गा स्थायी घर भई विगत तीन वर्षदेखि कोरिया स्थित एउटा कृषि क्षेत्रमा कार्यरत रहेका कलेजोको जटिल समस्या (लिभर सिरोसिस)का बिरामी आशिष थापा (सूर्य) लाई स्याङ्जा परिवार दक्षिण कोरियाको अगुवाईमा सञ्चालित आर्थिक सहयोग संकलन अभियान पश्चात करिब रु.छ लाख पच्चीस हजार (६२,३९,५६५ कोरियन वोन) बिरामी स्वयंलाई हस्तान्तरण गरिएको छ ।

बिरामी थापा अस्वस्थताका कारण कम्पनीबाट रिलिज पेपर लिएर कामको खोजीमा रहँदै गर्दा अचानक बेहोस भई ढलेका थिए । काम छोडेर बसेको अवस्थामा उपचार खर्च निकै धेरै आएकोले स्याङ्जा परिवार दक्षिण कोरियाको मातहतमा दुई हप्ताको अवधि राखेर उपचारार्थ आशीष थापा “सुर्य” सहयोग संकलन अभियान सञ्चालन गरिएको संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले जानकारी दिए । सो अभियानको सम्पूर्ण विवरण संस्थाको पेजबाट अपडेट गरिएको केन्द्रीय कोषाध्यक्ष बिजय थापाले थपे ।कोरियाको अस्पताल डिस्चार्जपछि बिरामी थापा थप उपचारका लागी यही सेप्टेम्बर ४ तारिक नेपाल जाँदैछन् ।

सउल दोङ्देमुनस्थित स्याङ्जा घरमा रहेका उनलाई स्याङ्जा परिवारका केन्द्रीय अध्यक्ष युवराज गुरुङ, केन्द्रीय सल्लाहकारद्वय नरेन्द्र गुरुङ र होबिर दर्लामी मगर, संस्थाका भलिबल टीम क्याप्टेन अमित राना, सक्रिय व्यक्तित्व पुरन गुरुङ, बिरामी निकट व्यक्तित्व चमन थापा लगायतको उपस्थितिका विच सो सहयोग रकम हस्तान्तरण गरिएको हो । सोही अवसरका विच नेपाल मगर संघ दक्षिण कोरियाको प्रतिनिधित्व गर्दै सो संस्थाका प्रमुख सल्लाहकार रहेका होबिर दर्लामी मगरले रु. ७० हजार (७ लाख वोन) संस्थागत रुपमा प्रदान गरेका थिए । केहि हप्ता अघि मात्रै आपतकालिन राहतकोष स्थापनार्थ नेपालीका लागी नेपाली दक्षिण कोरियाद्वारा गत छुसकमा आयोजना गरिएको “सांगीतिक महाधमाका-२०१९ ” संकलित रकमबाट रु. एक लाख अर्थात दश लाख वोन सहयोग गरिसकिएको उक्त कार्यक्रमका संयोजक गुरुदत्त न्यौपानेले जानकारी दिए ।

उपचारार्थ आशीष थापा “सुर्य” सहयोग संकलन अभियानमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दै आर्थिक सहयोग गर्नुहुने नेपाल मगर संघ दक्षिण कोरिया, सांगीतिक महाधमाका-२०१९ को टिम लगायत कोरियामा रहेका समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।






Related Posts
  • भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग
  • २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए
  • खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस