आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५४१ र २ जनाको मृत्यु

परदेशी खबर १५ भाद्र २०७७, सोमबार १८:२१ मा प्रकाशित ( ३ साल अघि) २२१ पाठक संख्या

मानु कोन्मे तमु, युएई

अगस्ट ३०- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ८२,००० जना भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नयाँ परिणाम अनुसार २०२० अगस्ट ३१ तारिख सोमबार ५४१ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ७०,२३१ जना पुगेको छ।

त्यसैगरी युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ३३१ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ६०,९३१ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइ रहेका आज २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३८४ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ८,९१६ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।