नेपाली दूतावास ओमान लाई जग्गा प्राप्त

भदौ ९, काठमाडौं/ ओमानस्थित नेपाली दूतावासले आफ्नै भवन निर्माण गर्न जग्गा प्राप्त भएको छ। नेपाली राजदूतावास तथा नियोग प्रमुखको आवासीय भवन निर्माणार्थ नेपाल सरकार र ओमान सरकारबीच जग्गा प्राप्ति सम्बन्धी एक सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ।

ओमानको परराष्ट्र मन्त्रालयमा ओमानको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव मोहम्मद विन नासिर विन मोहम्मद अल वहेबि र नेपालको तर्फबाट ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकालले सम्झौतामा गरेका छन्।

नेपाली दूतावास भएका देशमा आफ्नै भवन बनाउने सरकारको नीति छ।

सम्झौता अनुसार ओमानको कूटनीतिक हाताभित्र ४१०० वर्ग मिटर क्षेत्रफलको जग्गा २० वर्षलाई लिजमा लिइएको छ। उक्त अवधि पश्चान आपसी सहमतिमा सम्झौताको अवधि बढाइने उल्लेख छ।
सम्झौतासँगै समग्र खाडी क्षेत्रमा आफ्नै भवन हुने पहिलो नेपाली दूतावास ओमान हुनेछ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस