चिनियाँ भ्याक्सिन परीक्षणका लागि नेपालमा अनुमति, बेलायत र रूसको भ्याक्सिन छलफलमै

काठमाण्डौ, ७ भदौ। नेपालमा कोरोना भाइरसविरुद्ध लड्न उपयोगी देखिएका भ्याक्सिनको क्लिनिकल ट्रायल गर्ने बाटो खुलेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको मन्त्रीस्तरीय बैठकले चिनियाँ कम्पनी होङ्सीलाई भ्याक्सिन ट्रायलका लागि प्रारम्भिक काम अघि बढाउन अनुमति दिएको हो।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा. प्रदिप ज्ञवालीले आइतबार विहान स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको बताए। चीनमा सो भ्याक्सिन उत्पादन गर्ने कम्पनी पनि होङ्सी हो।

डा. ज्ञवालीका अनुसार सो कम्पनीले नेपालमा रहेको होङ्सी सिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि सो भ्याक्सिन परीक्षण गर्न अनुमति मागेको थियो। “उनीहरुले के कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भाव्यता अध्ययन गर्नेछ, त्यसपछि बल्ल ट्रायलको काम शुरु हुन्छ,” डा. ज्ञवालीले भने, “यो ट्रायलमा नेपालीलाई पनि सहभागी गराउने वा नगराउने भन्ने बारेमा छलफलपछि निश्कर्षमा पुग्नेछौँ।”

परिषद्ले सोमबारदेखि नै यसबारे चिनियाँ पक्षसँग छलफल शुरु गर्दैछ। परिषद्ले यसअघि नै स्वास्थ्य मन्त्रालयबाट भ्याक्सिन ट्रायलका लागि अनुमति लिइसकेको छ।

सोहीक्रममा चिनियाँ कम्पनीले भ्याक्सिन परीक्षणका लागि अनुमति पाएपछि यो काम अघि बढाउने वातावरण बनेको डा. ज्ञवालीले बताए। विश्व स्वास्थ्य संघठनले परिषद्लाई नेपालमा भ्याक्सिन ट्रायलका लागि बेलायतको अक्सफोर्ड ग्रुपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको छ।

डा. ज्ञवालीका अनुसार अक्सफोर्ड ग्रुपसँग चार दिनअघि भएको छलफलमा उनीहरुले आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन्। “उनीहरुको समुहले नेपाललाई भ्याक्सिन ट्रायलका लागि समुहमा राख्ने वा नराख्ने भन्ने बारेमा एक÷दुई दिनमा छलफल गरेर निधो दिने बताएका छन्,” उनले भने।

त्यस्तै, नेपालस्थित रुसी दूतावासले पनि परिषद्सँग भ्याक्सिन ट्रायलका लागि इच्छुक रहेको बताइसकेको छ। स्वास्थ्य मन्त्रालयको राष्ट्रिय खोप कार्यक्रमको प्रमुख भएर १० वर्षसम्म काम गरिसकेका डा. श्यामराज उप्रेती नेपालमा भ्याक्सिन ट्रायलका लागि अनुमति दिनुअघि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउनुपर्ने र त्यसको निर्क्योल गरेपछि मात्र उक्त काम अघि बढाउन अनुमति दिनुपर्ने बताउँछन्।

डा. उप्रेती मानिसमा क्लिनिकल ट्रायलका लागि अनुमति दिनुअघि जनावरमा प्रयोग गरे वा नगरेको हेरिनुपर्ने बताउँछन्। “यदि सावधानी नअपनाई ट्रायल गरियो भने थप स्वास्थ्य जटिलता निम्तिन सक्ने डर हुन्छ,” उनी भन्छन्।

उनी रुसको भन्दा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले गरेको ट्रायल बढी विश्वसनीय देखिएकाले त्यस्तो ट्रायललाई प्राथमिकतामा राख्नुपर्ने बताउँछन्। हिमालखबर पत्रिकामा रामु सापकोटाले समाचार लेखको छ।






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस