पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन


साउन २१,काठमाडौं । पाकिस्तानले जम्मु काश्मिर–लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको छ ।

पाकिस्तानको मन्त्रिपरिषद्ले मंगलबार उक्त भूमि पाकिस्तानको भएको दाबी गर्दै नयाँ राजनीतिक नक्सा जारी गर्न अनुमति दिएको थियो ।

नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री इमरान खानले भनेका छन्, “पाकिस्तानको राजनीतिक नक्साले पाकिस्तानका जनतामा खुसी प्रदान गर्नेछ । पाकिस्तान र काश्मिरका जनताको विचारधाराको पनि समर्थन गर्नेछ ।”

उनले अघिल्लो वर्ष भारतले काश्मिरमा गलत कदम उठाएको पनि पनि बताएका छन् । पाकिस्तानमा अब स्कुल, कलेजसहित सरकारी कार्यालयमा यही राजनीतिक नक्सा रहनेछ ।

उक्त नक्साप्रति भारतले आपत्ति जनाउँदै वैधता नभएको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त नक्साको कानुनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनीयता नभएको जनाएको छ ।

विदेश मन्त्रालयले भनेको छ, “”यी हास्यास्पद दाबीको न कानुनी वैधता छ न अन्तर्राष्ट्रिय विश्वसनीयता नै ।”

भारतको विदेश मन्त्रालयले पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कथित ‘नयाँ राजनीतिक नक्सा’ सार्वजनिक गरेको देखेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, “यो उनको राजनीतिक मूर्खताको अभ्यास हो र यसले भारतको गुजरात राज्य र हाम्रो केन्द्र शासित जम्मु-काश्मीर र लद्दाखका क्षेत्रहरूमा दाबी गरेको छ ।”

गत वर्ष ३ नोभेम्बरमा भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै जम्मु काश्मीर र लद्दाखमा छुटेका भूभागहरु समेटेको बताएको थियो । एजेन्सी






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस