डब्लूएचओले भन्‍यो – कोरोनाभाइरसविरुद्धको ‘प्रभावकारी’ खोप पत्ता नलाग्‍न पनि सक्छ

स्तनपानबाट कोरोना नसर्ने भएकोले बच्चालाई दूध चुसाउन नछोड्न आग्रह

 

 

साउन १९,काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूचओ) का प्रमुखले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्‍ने सम्भावना रहेको बताएका छन् । डब्लूएचओका महानिर्देशक डा. ट्रेडोस अडानोम ग्रेब्रेयेसियसले नियमित प्रेस ब्रिफिङका क्रममा भने, “अहिले कुनै पनि सिल्भर बुलेट छैन, र कहिल्यै नहुन पनि सक्छ ।”

“केही खोपहरु अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा छन्,” उनले थपे, “र आशा छ कि संक्रमणबाट जोगाउने खोप प्राप्त हुनेछ । तर अहिले नै हामीसँग ‘सिल्भर बुलेट’ छैन र नहुन पनि सक्छ ।” अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपलब्ध उपाय भनेको परीक्षण, आइसोलेसन र बिरामीको उपचार नै भएको र संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्‍वारेन्टिनमा राखिनुको विकल्प नभएको उनले बताए ।

कोरोना संक्रमित आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् । दूधबाट संक्रमण नफैलिने भएकाले स्तनपान जारी राखिनु पर्ने उनले बताएका हुन् । कोरोना भाइरसको उत्पत्ति वा संक्रमणको सुरुवात कहाँबाट भएको हो भन्‍नेबारे चीनमा डब्लूएचओको अगुवाइमा भएको अनुसन्धानको पहिलो चरण सकिएको पनि उनले जानकारी दिएका छन् ।

डब्लूएचओ प्रमुखले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिल गरेका छन् । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वभर हालसम्म एक करोड ८० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् भने ६ लाख ८९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । बीबीसी






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस