क्यालिफोर्नियाको जंगलमा तिव्र गतिमा फैलिँदै डढेलो, सुरक्षित रहन सर्वसाधारणलाई आह्वान

साउन १९,। अमेरिकाको क्यालिफोर्नियाको जंगल क्षेत्रमा भीषण (डढेलो) आगलागी भएको छ । शुक्रबारदेखि लागेको आगो तिव्र गतिमा फैलिरहेको बताइएको छ । जंगलमा लागेको उक्त ढढेलोलाई एप्पल फायर नाम दिइएको छ । आइतबारसम्म उक्त ढढेलो २० हजार एकड जंगल क्षेत्रमा फैलिसकेको छ । डढेलोका कारण सो क्षेत्रमा थुप्रै इलाकाहरुमा तापमान बढेको छ ।

क्यालिफोर्नियाको डढेलो नियन्त्रण विभागलाई सर्वसाधारणहरुलाई सुरक्षित स्थानमा गएर बस्न आह्वान गरेको छ । डढेलो फैलिएसँगै ८ हजारभन्दा बढी व्यक्तिले घर छोडिसकेका छन् । क्यालिफोर्नियाको दक्षिणी क्षेत्रमा यसको धेरै असर देखिएको छ । डढेलो नियन्त्रणको टोली आगो नियन्त्रणका लागि जुटिरहेको छ । त्यसका लागि १३ सयभन्दा बढी फायर फाइटर्सहरु जुटिरहेका छन् ।

सन् २०१९ मा पनि क्यालिफोर्नियाको जंगल क्षेत्रमा ८५ वर्षयताकै सबैभन्दा ठूलो डढेलो लागेको थियो । त्यसबेला ३१ जनाको ज्यान समेत गएको थियो । एजेन्सी






Related Posts
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६४० र संक्रमित संख्या ७९,४८९ पुग्यो 
  • युएईमा कोभिड – १९ को नयाँ संक्रमित १,००७ र संक्रमित संख्या ७८,८४९ र १ जनाको मृत्यु
  • हङकङमा संकलित तिन लाख खोरामुख पहिरो पिडितलाई हस्तान्तरण
  • अल्झियो जिन्दगी तिम्रो यादमा..✍️
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस