युएईमा कोभिड – १९ को नयाँ संक्रमित १६४ जम्मा संक्रमित संख्या ६१,१६३

मानु कोन्मे तमु , युएई

अगस्ट ३- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयको तथ्यांकअनुसार आज २०२० अगस्ट ०३ तारिख सोमबारको परिणाम १६४ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ६१,१६३ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज २४८ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ५४,८६३ जना पुर्णरुपमा निको भइसकेका छ्न। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३५१ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ५,९४९ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।






Related Posts
  • भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग
  • २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए
  • खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने
  • कुवेतमा कोरोना संक्रमनबाट ९९ हजार ४९ सङ्क्रमित, ५२१ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    भलिबल खेलाडी ओम प्रकाश परियारलाई नेपाल कोरिया भलिबल संघको पहलमा उपचार्थ असी हजार रुपैंया सहयोग

    २४ घण्टामा देशभर १ हजार ३५६ संक्रमित थपिए

    खाडी मुलुकबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस