आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

मार्गी तमु समाज युकेद्वारा मुख्यमन्त्री गुरुङलाई १ लाख ८१ हजार राहत सहयोग हस्तान्तरण

परदेशी खबर १९ श्रावण २०७७, सोमबार १४:०३ मा प्रकाशित ( ३ साल अघि) ८२ पाठक संख्या

हुम तमु / पोखरा-पोखरा महानगरपालिकाको फेवातालपारी मार्गी गाँउबाट युकेमा बसोबास गर्ने तमुहरुको साझा संस्था मार्गी तमु समाज युकेले गण्डकी प्रदेश सरकारलाई सहयोग गरेको छ।


गण्डकी प्रदेश सरकार मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको परिसरमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारलाई कोरोनाको महामारीको अवस्थामा राहत स्वरुप १ लाख ८१ हजार ५ सय ५० आर्थिक सहयोग गरेको हो।

समाजका अध्यक्ष तथा तमु प्ये ल्हु संघ युकेका पुर्व अध्यक्ष जगत प्हच्यु तमुको धर्मपत्नी पार्वती पर्जु तमु नेतृत्वको समुहले उक्त रकम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई हस्तान्तरण गरेको हो।
राहत सहयोग रकम ग्रहण गर्दै मुख्यमन्त्री गुरुङले संकटको अवस्थामा गरिने सहयोगको ठुलो महत्व हुने भन्दै धन्यवाद व्यक्त गर्नुभयो।कति सहयोग होइन कि कसले सहयोग गर्यो भन्ने मुख्य कुरा हो भन्नुहुदै उहाँले युकेदेखिको साथ सधै अविष्मरणीय रहने बताउनुभयो।उहाँले फेवातालपारीको फेवाली प्हच्युहरुको प्रसंशा समेत कार्यक्रममा गर्नुभएको थियो।

रकम हस्तान्तरण कार्यक्रमका सञ्चालक पत्रकार रोशनी तमुले समाजका अध्यक्ष तथा तमु प्ये ल्हु संघ युकेका पुर्व अध्यक्ष जगत प्हच्यु तमुले पठाउनु भएको शुभकामनासहितको मार्गी तमु समाज युकेको परिचयसहितको पत्र वाचन गरेर सुनाउनुभएको थियो।
प्रदेश सरकारलाई राहतका लागि फेवातालपारी मार्गी तमु समाज युकेका २४ जना सदस्यहरुबाट १ हजार २ सय पाउण्ड अर्थात १ लाख ८१ हजार ५५० रुपैया संकलन गरिएको थियो ।

कार्यक्रममा मार्गी तमु समाजका सल्लहाकार क्या. बिष्णु प्रसाद प्हच्यु तमु, सल्लहाकार देउ बहादुर ल्हेंगे तमु, पार्वती पर्जु तमु, फुलमाया थिम्जे तमु, ममता प्हच्यु तमु लगायतको सहभागीता रहेको थियो।