मेलम्चीमा पहिरो जाँदा बेपत्ता आठमध्ये चार मजदुरको शव फेला

 

साउन १९, काठमाडौं / सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ११ मा पहिरोमा परेर बेपत्ता भएकामध्ये चार जना मजदुरको शव फेला परेको छ। अरु चार जना अझै बेपत्ता छन्।

उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक छलबहादुर तामाङले जानकारी दिए। घटनास्थलमै रहेका तामाङले नेपालखबरसँग भने, ‘अहिलेसम्म बेपत्तामध्ये चार जनाको शव फेला परेको छ। हामी राति ३ बजेदेखि नै उद्धारमा खटिरहेका छौँ। फेला परेका चार शवको सनाखत हुन बाँकी छ।’

अबिरल वर्षासँगै राति दुई बजे पहिरो जाँदा मेलम्चि ११ मा कभर्डहल निर्माणमा खटिएका नौ मजदुर पुरिएका थिए। एक जनालाई भने घाइते अवस्थामा तीन घण्टाको प्रयासपछि उद्धार गरिएको थियो।

‘घटनास्थल बजार क्षेत्रमै पर्छ,’ प्रहरी निरीक्षक तामाङले भने, ‘पहिरो जाने जस्तो भौगोलिक बनावट पनि देखिँदैन। तर, त्यस्तै ठाउँमा पहिरोले ठूलो क्षति गर्यो।’ उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ।

पहिरोमा परेर ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, २५ वर्षीय विक्रम थिङ, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिव बालक धामी, १७ वर्षीय सोनाम लामा र एकजना भारतीय नागरिक राजेन्द्र चौधरी छन्।

पहिरोमा बेपत्ता हुनेमा सात जना नेपाली र एकजना भारतीय नागरिक रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। नेपाल खबर बाट लिएको समाचार






Related Posts
  • अरुण गाउँपालिका ४ भोजपुरमा जसपाको वार्ड कार्यसमिति गठन
  • मन्‍त्री हेरफेरपछि सचिवको व्यापक सरुवा
  • डब्ल्यूएचओले भन्यो– कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य
  • प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

    “बिजय लक्ष्मी ले गरिन समर्पण “

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस