नेपाल चीन सम्बन्ध स्थापनाको ६५ औँ वर्ष,राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सीलाई बधाई सन्देश


साउन १७,काठमाडाैं /नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूले बधाई सन्देश आदानप्रदान गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सी चिनफिङलाई सन्देश पठाएर राष्ट्रपति सी, चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई ज्ञापन गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति सीले गत अक्टोबरमा गरेको नेपालको ऐतिहासिक राजकीय भ्रमण तथा त्यस अवसरमा दुवै देशले आपसी सम्बन्धलाई अझ उन्नत तुल्याउन विकास र समृद्धिका लागि चिरस्थायी मैत्रीयुक्त सहयोगको रणनीतिक साझेदारीको निर्णय गरेका स्मरण राष्ट्रपति भण्डारीले गरेकी छन् ।

सन्देशमा राष्ट्रपति भण्डारीले गत अप्रिलमा आफूले गरेको चीनको राजकीय भ्रमण र त्यस बखत दुवै देशबीच भएका महत्वपूर्ण सम्झौता र समझदारीको पनि सम्झना गरेकी छन् ।

चीनले हासिल गरेको विकास र समृद्धिको प्रशंसा गर्दै राष्ट्रपतिले चीनको दुई शताब्दीको विकास लक्ष्य प्राप्तिमा सफलताको शुभकामना पनि व्यक्त गरेकी छन् ।

उनले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति चीनबाट प्राप्त सहयोग र कोभिड–१९ महामारीविरुद्ध अत्यावश्क औषधि र उपकरणका साथै ज्ञान र अनुभव बाँडेकामा सराहना गरेकी छन् । रासस






Related Posts
  • अरुण गाउँपालिका ४ भोजपुरमा जसपाको वार्ड कार्यसमिति गठन
  • मन्‍त्री हेरफेरपछि सचिवको व्यापक सरुवा
  • डब्ल्यूएचओले भन्यो– कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य
  • प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

    “बिजय लक्ष्मी ले गरिन समर्पण “

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस