कुवेतमा कोरोना संक्रमनबाट ६६ हजार ५२६ सङ्क्रमित, ६२६ नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

 

परदेशी खबर/ ३०, जुलाई  – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ५२६ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ६६ हजार ५२६ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज जुलाई २९ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ६६ हजार ५२६ जना मध्ये ८ हजार ७५४ संक्रमितहरुको उपचार भैरहेको छ भने १३४ जनाको अवस्था गम्भीर साथै ८६३  थप गरि ५७ हजार ३३० जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।  त्यस पछिको विवरण उल्लेख गरिएको छैन । पछिल्लो २४ घण्टामा १ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ४४५ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ भए पनि आजबाट ट्याक्सिमा १ जना प्यासेन्जर राखेर चलाऊन पाइने भएको छ । कर्फ्यु          पनि बेलुका ९ बजे देखि बिहान ३ बजेसम्म ३ बजे सम्म कायम गरिएको छ ।  

साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।  

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६ लाख ७१ हजार २२ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि १ करोड ७२ लाख २२ हजार ४४० जना कोरोना भाइरसबाट सङ्क्रमित १ करोड ७ लाख ३४ हजार ८१८ जना निको भएका र ५८ लाख १६ हजार ६०० जना उपचार गरिरहेका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
  • सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय
  • कुवेतमा कोरोना संक्रमनबाट ६९ हजार ४२५ सङ्क्रमित, ६५१ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस