आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

२१० जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १९ हजार २७३ पुग्यो

परदेशी खबर १४ श्रावण २०७७, बुधबार १०:५४ मा प्रकाशित ( ३ साल अघि) ५९ पाठक संख्या

काठमाडौं : बुधबार थप २१० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

कोरोनका सक्रिय बिरामीको संख्या ५ हजार २०३ पुगेको छ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४६ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १४ हजार २१ पुगेको छ । 

।क्वारेन्टाइनमा रहनेको संख्या १४ हजर ४७१ पुगेको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यो खबर अन्नपूर्ण पोस्टले प्रकाशित गरेका छन ।