कुवेतमा कम्पनीबाट विचल्लित पारिएका नेपाली कामदारलाई सृजनशील युवा समाजको खाद्यान्न सहयोग

परदेशी खबर/ २६ जुलाई, कुवेत। कुवेतको अप्दलि स्थित अल राकिव कम्पनीमा कार्यरत नेपाली कामदारलाई कम्पनीले पटक पटक तलब दिन्छु भनि नदिएर खानाको समस्यामा परेकाहरुलाई सृजनशील युवा समाजको खाद्यान्न सहयोग गरेको छ।

कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिएको पिडित नेपालीहरुको भनाइ छ । कम्पनीले आज दिन्छु, भोली दिन्छु, दुई महिनाको एकै पटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका बिनोद महता र उहाँका साथि हरुले सृजनशिल युवा समाजलाई १३ तारिख नै जानकारी गराएका हुन उनी हरु अप्दलि मा अल राकिव कम्पनीमा मार्च अप्रिल मे महिनाको पूरा काम गरेकोे सेलरि नपाए पछि २ महिना बिनाकाम रुमा राखेको र १३/ ७ /२०२०/ का दिन कम्पनीकै गाडिले जिलिव रोडमा लिएर अलपत्र छोडे पछि उनी हरु अाफै जवरजस्ति अाफु नेपालबाट अाउदा बसेको क्याम्पमा पसे /

जसोतेसो २ वटा कोठामा ३३ जना बस्न त भयो त्यसपछि उहाँ हरुलाइ खाँनको निकै समस्या पर्ने भएपछि सृजनशिल युवा समाजका अध्यक्ष पुष्कर धामिलाइ सम्पर्क गरे तुरुन्तै उहाँ ले केहिदिनको लागि खाध्यान्नको बेबस्था गरियाे तेसै बिचमा केहिदिनको लागि मेनपावर को अाग्रहमा गौतम उमागाँइले खाध्यान्न त्यसपछि फेरि सकिएपछि सृजनशिल युवा समाजले दोस्रो चरणको राहात दिन  शुक्रबार अध्यक्ष पुष्कर धामि , सचिव बबाल ठकुरि , सदस्य भुवन शाहा ,सदस्य बुद्ध लिम्बू , गएर राहत बितरण गरि उहाँ हरुको समस्या जस्ताको त्यस्तै दुताबासलाई बुझाइ सक्नु भएको छ /

भने यहापनि सम्बन्धित निकायमा उजुरि गरिसकेको छ दुताबासले र मेनपावरले सृजनशिल युवा समाजलाइ उहाँहरुको समस्याको सावधान गर्ने प्रतिबद्धता गर्नुभएको छ उहाँहरु नेपालबाट SRK म्यानपावर कम्पनीले प्रतिब्यक्ति १ लाख ६० हजार रुपैयाँ लिएको थियो । तर कुवेतमा ३ महिना पूरा काम गरेको र २ महिना बिना काममा गरि पाँच महिनासम्म पनि काम, दाम र माम नपाएको यति खेर सृजनशिल युवासमाज संग सम्पर्क नभएको भए हामी भोकभोकै मर्ने थियौं भन्ने उनीहरुको भनाई छ अझै पनि उनिहरु मध्ये केहिले हामी न्याय नपाए अात्माहत्या गर्न बध्य हुनेछौं भन्नू भएको छ ।
उहाँ हरुले समाजलाई सप्लाईको काम बन्द भएर कम्पनीले आफूहरु अलपत्र परेको पीडितहरुले बताए उक्त कम्पनीमा कार्यरत कामदारहरुले नेपालबाट आउदा तोकिएको तलव लगाएत सेवा सुविधा समेत नपाएको बताएका छन् ।
पहिले हामिले म्यानपावर कम्पनीले उद्धार गर्न अाग्रह गरे पनि कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अबस्था दयनीय बनेको सृजनशिल युवा समाजले पहल गरेपछि मात्रै मेनपावर कम्पनीले र सम्बन्धित निकायले चासो राखेको पीडितहरुले बताएका छन् ।

 



(Next News) »



Related Posts
  • आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने
  • सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय
  • पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन
  • लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस