आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024
FLASH NEWS

कुवेतमा कोरोना संक्रमनबाट ६३ हजार ३०९ सङ्क्रमित, ६८४ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर १० श्रावण २०७७, शनिबार ११:४४ मा प्रकाशित ( ३ साल अघि) ८४ पाठक संख्या

कुवेतमा कोरोना संक्रमनबाट ६३ हजार ३०९  सङ्क्रमित, ६८४ नयाँ संक्रमित, चार जनाको मृत्‍यु (अपडेट)

परदेशी खबर/ २५, जुलाई  – कुवेत ।  कुवेतमा कोरोनाभाइरसबाट ६८४ जना नयाँ संक्रमित थपे संगै संक्रमितको संख्या बढेर ६३ हजार ३०९ जना पुगेको कुवेतको स्वास्थ्यमन्त्रालयले आज जुलाई २४ तारिकमा पुष्टि गरेको छ l

कुवेतमा कोभिड–१९ अर्थात् कोरोना भाइरसको संक्रमण हुनेहरु ६३ हजार ६८४ जना मध्ये ९ हजार २८५ संक्रमितहरुको उपचार भैरहेको छ भने १२३ जनाको अवस्था गम्भीर साथै ६९२  थप गरि ५३ हजार ६०७ जना अस्पतालबाट निको भएर डिस्चार्ज भएको कुवेतको स्वास्थ्य मन्त्रालयले (MOH) ले जनाएको छ। पछिल्लो अपडेटमा नयाँ नेपाली संक्रमितको संख्या उल्लेख गरिएको छैन। कुवेतमा अहिलेसम्म ८४ जना नेपाली सङ्क्रमित भएको उल्लेख गरिएको थियो ।  त्यस पछिको विवरण उल्लेख गरिएको छैन । पछिल्लो २४ घण्टामा ४ जना मृत्‍यु भएको छ । कुवेतमा मृत्यु हुनेको संख्या ४२९ पुगेको छ । साथै विश्वभरिमा डब्लुएचओका अनुसार कोरोना भाइरसको संक्रमण २०८ देशमा फैलिएको छ ।

विश्वब्यापीरुपमा संक्रमितहरुको संख्या बढेसंगै कुवेतमा सबै आउने जाने उडानहरु र सार्बजनिक यातायातहरु अस्थायीरुपमा बन्द गरेको छ साथै स’ङ्क्र’मण नियन्त्रणको लागि कुवेत सरकारले सबै सरकारी कार्यालय, जिम, रेस्टुरेन्ट, सिनेमा हल, सपिङमल, सिसाईड, गार्डेन, लगाएत ठूलो संख्यामा जमघट हुने सबै ठाँउहरु बिस्तारै चलपहल हुन थालेका र बन्द रहेका सहरहरु सुन्सान अवस्थामा रहेको मलहरु बिस्तारै खुल्न थालेका छन ।  

कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ६ लाख ४३ हजार ४१२ पुगेको छ । बिभिन्न संचार माध्यमहरुले जनाएको विवरणअनुसार संसारभरि १ करोड ५९ लाख ७१ हजार ३४७ जना कोरोना भाइरसबाट सङ्क्रमित ९७ लाख ६५  हजार ५९१ जना निको भएका र ५५ लाख  ६३ हजार ३४४ जना उपचार गरिरहेका विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो तथ्याङकमा सार्वजनिक गरेकोे छ ।