युएईमा कोभिड – १९ को नयाँ संक्रमित २५४ ,संक्रमित संख्या ५७,९८८ र उपचार पश्चात् ५०,८४८ जना स्वास्थ्य लाभ

मनु कोन्मे तमु/ २३ जुलाई, युएई   /  युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ५४,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम अनुसार २०२० जुलाई २३ तारिख बिहिवार २५४ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट युएईमा संक्रमित हुनेहरुको संख्या ५७,९८८ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् आज ४९४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ५०,८४८ जना पुर्णरुपमा निको भइसकेका छ्न। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३४२ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ६,७९८ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

त्यसैगरी गैर आवासीय नेपाली संघ युएईले कोभिड -१९ कोरोना भाइरस महामारीको कारण युएईमा लकडाउनमा परी बिचल्ली अलपत्र र रोजगारी गुमाइ समस्यमा परेका नेपाली नागरिकहरु लाई राहत खाद्यान्न सामग्री बितरण गर्दै आइरहेको थियो। गैर आवासीय नेपाली संघ युएईले राहत खाद्यान्न सामग्री बितरण कार्यक्रम लाई निरन्तरता दिंदै आज १०५ दिन पूरा गरेको छ।आज जबलअलि स्थित फ्ल्याक्स म्यानेजमेन्ट कम्पनी र इमिरेट्स क्याप्सका ५३ जना लाई राहत बितरण गरेको छ ।

गैर आवासीय नेपाली संघ युएईले पहिलो चरणको राहत खाद्यान्न सामग्री बितरण कार्यक्रम लाई आज २०२० जुलाई २३ तारिख बिहिवार बाट बन्द गर्ने घोषणा गरेको छ भने आउदो दोश्रो चरणको राहत खाद्यान्न सामग्री बितरण कार्यक्रम छिट्टै सार्वजनिक गर्ने गैरआवासीय नेपाली संघ युएईका उपाध्यक्ष एवं क्यु आर एफ टिमका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका प्रमुख संरक्षक पासाङ शेर्पाले जानकारी गराएको छ।






Related Posts
  • आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने
  • सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय
  • पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन
  • लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस