केही थान छुटेका यादहरु – रोशनी गुरुङ

आजभोलि केही थान
छुटेका यादहरुले सताई रहन्छ

 

ऊ बेला
मेरा बाल्यकालका केही थान खुसी
बाबाले जोत्दै गरेको
खेतको आलीमा छुटेका छन्

मेरा किशोर अवस्थाका
केही थान उमंग
मैले पढ्ने विद्यालय र
मैले खेल्ने गरेको
चौतारीतिर छुटेका छन्

मेरा केही अव्यक्त मुस्कानहरु
मेरा बालसाखाहरुसँग
उतै छुटेका छन्

जीवनमा बाल्यकाल छुटनु भनेको
साथ छुटनु जस्तो होइन रहेछ

अनि
किशोर अवस्था छुटनु भनेको
खाँदै गरेको भाग छोड्नु जस्तो पनि
होइन रहेछ

आजभोलि जीवनमा
कसैको मिठो यादहरु छुटेका छन्
गहिरो साथहरु छुटेका छन्
हाँस्दाहाँस्दै रोएका पलहरु छुटेका छन्
रुदारुदै हाँसेका क्षणहरु छुटेका छन्

 

रोशनी गुरुङ / पोखरा






Related Posts
  • आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने
  • सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय
  • पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन
  • लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस