पाँच महिनापछि व्यावसायिक उडान हुँदै, सार्वजनिक यातायात बिहीबारदेखि

काठमाडौं, ६ श्रावण । सरकारले भदौ १ गतेबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सुचारु गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ बाट व्यावसायिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको हो । भदौ १ बाट दुवै व्यावसायिक उडानलाई नियमित गर्ने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए । उनले भने, “उडान सुचारु गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी विभागीय मन्त्रालयलाई नै दिइएको छ । सरोकारवाला निकायसँग समन्वय गरेर उडान सुचारु गर्न सहजीकरण गर्नेछौं ।” पर्यटन क्षेत्रका सरोकारवाला संघ संस्थाले गत साता राजधानीमा कार्यक्रम गरी आन्तरिक र वाह्य हवाई उडान सुचारु गर्न माग गरेका थिए । ति संगठनले उडान सुचारु नगरे चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी दिएपछि सरकार दबाबमा परेको थियो ।

सरकारको निर्णयसँगै उनीहरूको मागसमेत पूरा भएको छ । मन्त्रालयले तीन चरणमा वर्गीकरण गरेर उडान सुचारु गर्ने तयारी गरेको छ । सबै विमानले एकैपटक उडान गर्न भने पाउने छैन् भने गन्तव्यको अवस्था हेरेर उडान सुचारु गर्ने मन्त्रालयको तयारी रहेको छ । कोरोनाको कम जोखिम रहेको गन्तव्यमा पहिलो चरणका उडान गर्ने तालिका रहेको छ भने त्यसपछि चरणबद्ध गरेर अन्य गन्तव्य र एयरलाइन्सलाई सुचारु गर्ने गरी मन्त्रालयले तयारी गरेको सचिव केदारबहादुर अधिकारीले जानकारी दिए । उनले भने, “यसरी आउने यात्रुलाई के कति दिन क्वारेन्टाइनमा राखिने भन्ने बारेमा स्वास्थ्य मन्त्रालयको आवश्यक निर्देशन र छलफलबाट तयारी गरिने छ ।” विदेशबाट आउने यात्रुले अनिवार्य रूपमा क्वारेन्टाइनमा भने बस्नु पर्ने छ । तर, कति अवधि बस्नु पर्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको छ । सरकारले १ सय ३५ दिनपछि आत्तरिक र १ सय ४८ दिनपछि अन्तर्राष्ट्रिय व्यावसायिक उडान खुला गर्ने भएको हो ।

कोभिड–१९ को महामरी रोकथामको लागि सरकारले गरेको करिब ५ महिनाको प्रतिबन्धपछि सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयले व्यावसायिक उडान खुला गर्ने निर्णय गरेको हो । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्नको लागि चैत ११ बाट लकडाउन गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय उडानमा चैत ९ देखि र आन्तरिक उडानमा चैत ११ बाट व्यावसायिक उडानमा प्रतिबन्ध लगाउने निर्णय भएको थियो ।

सार्वजनिक यातायात बिहीबारदेखि
मुलुकका सार्वजनिक यातायात पनि बिहीबारदेखि सञ्चालनमा आउने भएका छन् । सरकारले माग पूरा नगरी यातायात सञ्चालनका लागि दबाब दिएको भन्दै असन्तुष्ट व्यवसायीहरु पुनर्कर्जालगायत विषयमा मौद्रिक नीतिले सम्बोधन गरेको भन्दै सञ्चालनका लागि राजी भएका हुन् । व्यवसायीको अर्को मुख्य मागका रुपमा रहेको चालक र सहचालकको कोरोना बिमाको प्रिमियम सरकार र व्यवसायीले आधा आधा बेहोर्ने सहमतिसमेत जुटेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, तीनवटा ट्रेड युनियन र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच सोमबार भएको छलफलपछि यातायात सुचारु गर्ने सहमति बनेको थियो । कारोबारबाट ।






Related Posts
  • आदिवासी जनजाती महासंघ कुवेतले २६औं विश्व आदिवासी दिवस अगष्ट ७ तारिख मनाउने
  • सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय
  • पाकिस्तानले जारी गर्‍यो जम्मु काश्मीरलाई समेटेर नयाँ नक्सा, भारतले भन्‍यो – वैधता छैन
  • लेबनानको बेरुतमा शक्तिशाली विस्फोट : कम्तीमा ७८ जनाको मृत्यु, करिब ४ हजार घाइते
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस