‘वेवनार’मा भानुजयन्ती, विश्वभरका सर्जक एकै ठाउँमा

कुवेत, ३० असार । विश्व नेपाली साहित्य महासंघ कुवेत शाखा र अनेसा च्याप्टर कुवेतको संयुक्त आयोजनामा सोमबार २०७ औं भानुजयन्ती मनाइएको छ । विश्वभर देखिएको कोभिड–१९ महामारीलाई ध्यानमा राख्दै ‘वेवनार’मार्फत कार्यक्रम आयोजना गरिएको थियो । विश्व नेपाली साहित्य महासंघ केन्द्रीय अध्यक्ष सुरेन्द्र परदेशीको प्रमुख आतिथ्य तथा कवि सर्वज्ञ वाग्ले, कवियत्री कमला प्रसाई,एनआरएन कुवेतका अध्यक्ष सुजन केसी, नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेको आतिथ्यमा कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो । अनेसा च्यापटर कुवेतका सल्लाहकार अमर खड्काको स्वगत मन्तव्यसँगै गजलवाचन तथा विनेसाका कुवेत संयोजक प्रेम कट्वालबाट शुभकामना र गजलवाचनबाट शुरु भएको कार्यक्रम भुवन सुवेदीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको संयोजन राजेन्द्र बिरहीले गर्नुभएको हो ।
भारतमा रहेका कार्यक्रमका प्रमुख अतिथी परदेशीले महत्वपूर्ण भनाई राख्दै कवितावाचन गर्नुभएको थियो । यसअघि भने विनेसाले कार्यक्रमको आयोजना गर्दै आइरहेको थियो । ‘यसपटक संयुक्त रुपमा कार्यक्रम आयोजना गर्ने अवसर जुर्यो,’ उहाँले भन्नुभयो, ‘संयुक्त रुपमा भानुजयन्ती मनाउन पाउनु महत्वपूर्ण र सुखद रह्यो । यसले नेपाली साहित्य क्षेत्रमा राम्रो सन्देश जान्छ ।’
संस्थाका केन्द्रीय सदस्य तथा नथाकेका कविता कृतिका कवि अमित चाम्लिङ र संयोजक बिरहीले छोटो समयमा सर्जकहरुलाई समेटेर कार्यक्रम सफल बनाउन प्रयास गरेका थिए । विदेशबाट लाखौ श्रमिक स्वदेश फर्कन्छन् । उनीहरुलाई व्यवस्थापन गर्न गाह्रो हुने तथा जिम्मेवारीबाट पन्छिन खोज्ने, समस्यामा परेकाहरुलाई तोकिएभन्दा तेब्बर हवाईभाडा लिएको र स्वदेश पुगेपछि पनि अनागरिक जस्तो व्यवहार गर्ने राज्यप्रति कवि चाम्लिङले कवितामै आक्रोश पोखेका थिए । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, अमेरिकामा बस्ने सर्जकहरु सर्वज्ञ वाग्ले, कमला प्रसाईं, अग्नि पराजुली,प्रकाश पान्डे र सेसेल्सबाट गणेश खड्काले शुभकामना सहित रचना वाचन गरेका थिए।भर्चुअल भानुजयन्ती कार्यक्रममा कुवेतबाट अमित चाम्लिङ, तिलाचन बस्याल,राणध्वज लामा, माधव पौड्याल ‘असल यात्री’, केशर घलान, आकाश शेर्पा, हिमाल अञ्जान, विजय आउजी, सिर्जना पाण्डे, कृष्ण पौडेलले रचना वाचन गरेका थिए । कार्यक्रम भव्यताको साथ सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने संस्था, तिनका पदाधिकारी र उपस्थित सर्जकहरुलाई धन्यवाद दिन कार्यक्रम संयोजक बिरहीले रामायणको श्लोक वाचन गर्नुभएको थियो । भर्चुअल कार्यक्रम osvevo लगायत अनलाइनले प्रत्यक्ष प्रसारण गरेका थिए ।

अमित चाम्लिङ

‘वेवनार’मा भानुजयन्ती, विश्वभरका सर्जक एकै ठाउँमा






Related Posts
  • अरुण गाउँपालिका ४ भोजपुरमा जसपाको वार्ड कार्यसमिति गठन
  • मन्‍त्री हेरफेरपछि सचिवको व्यापक सरुवा
  • डब्ल्यूएचओले भन्यो– कोरोनाबाट जीवन जोगाउन प्रतिबन्ध अपरिहार्य
  • प्रधानमन्त्रीको निजी सचिवालयका चार जनामा कोरोना पुष्टि
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख २० हजार २३२ सङ्क्रमित, ८१२ नयाँ संक्रमित, १० जनाको मृत्‍यु (अपडेट)

    “बिजय लक्ष्मी ले गरिन समर्पण “

    कुवेतमा कोरोना संक्रमनबाट १ लाख १५ हजार ८४३ सङ्क्रमित, ७३९ नयाँ संक्रमित, ४ जनाको मृत्‍यु (अपडेट)

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस