आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024
FLASH NEWS

युएईमा कोभिड_१९ को पछिल्लो अपडेट

परदेशी खबर २३ असार २०७७, मंगलवार १८:१४ मा प्रकाशित ( ३ साल अघि) २४३ पाठक संख्या

मानु कोन्मे तमु, युएई

जुलाई ७- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४४ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०७ तारिख मंगलबार ५३२ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ५२,६०० जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ९९३ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ४१,७१४ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३२६ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या १०,५६० जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

त्यसैगरी बिश्वब्यापी रुपमा महामारी फैलिएको कोरोना भाइरसका कारण ३ महिना देखी बन्द रहेको पर्यटकका लागी दुबईले मंगलबार देखि भ्रमण गर्न खुला गरेको छ।दुबई बिश्वका व्यक्तिहरुको लागी प्रख्यात पर्यटकीय गन्तव्य स्थल हो। ठुलो सपिङ्ग मल पर्यटकीय गन्तव्यहरु खुलेको छ। दुबई भ्रमणमा आउनेहरुका लागि प्रत्येक पर्यटकहरुले गन्तव्य स्थल बाट उडानको ९६ घण्टा भित्र कोरोना भाइरसको पिसिआर परीक्षण अनिवार्य गरेको हुनु पर्ने भएको छ। यात्राको समयमा नेगेटिभ आएको प्रमाणपत्र अनिवार्य बोक्नु पर्ने छ।यो बच्चाहरू सहित सबै यात्रुहरूमा लागू हुने भएको छ।