युएईमा कोभिड – १९ को नयाँ संक्रमित ५२८ ,संक्रमित संख्या ५२,०६४ र १ जनाको मृत्यु 

मानु कोन्मे तमु, युएई

युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका २८ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुलाई ०६ तारिख सोमबार ५२८ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ५२,०६४ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ४२४ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ४०,७२१ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३२४ जना पुगेको छ भने संक्रमित बिरामी भइ उपचार गराइ रहेकाको संख्या ११,०२३ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।






Related Posts
  • कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत
  • नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि
  • जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ
  • कास्कीकी बुद्दीसीरीले गरिन कुवेतमा आत्महत्या
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा सरकार विघटन, राजाद्वारा राजीनामा स्वीकृत

    नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

    जुम्लामा लोडसेडिङको तालिका सार्वजनिक, अब दैनिक लोडसेडिङ

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस