युएईमा कोभिड – १९ बाट आज  ४४९ जना नयाँ संक्रमित र १ को मृत्यु

मानु कोन्मे तमु, युएई

जुन २९- युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४३ हजार भन्दा बढी नागरिक र बासिन्दाहरु बिच गरिएको परिक्षणको नंया परिणाम २०२० जुन २९ तारिख सोमबार ४४९ जना कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ। नयाँ भेटिएको संक्रमित सबै स्थिर अवस्थामा रहेका छन भने हाल सम्म कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ४८,२४६ जना पुगेको छ।

युएईमा कोभिड – १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका उपचार पश्चात् ६६५ जना पुर्णरुपमा निको भएका छन। उपचार पश्चात् हाल सम्म संक्रमित भएका ३७,०७६ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार भइरहेका आज थप १ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या ३१४ जना पुगेको छ भने संक्रमित बिरामी संख्या १०,८५६ जना रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ।

त्यसैगरि नेपाल राजदुतावास युएईले नेपाल फर्किनको लागी २०२० मे १९ सम्म अनलाइन फाराम भर्ने नेपाली नागरिकहरुको दोस्रो चरणको नामावली सार्वजनिक गरेको छ। दोस्रो चरणमा १५ हजार ३ सय ५ जना हवाई यात्रुहरुको एकीकृत नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक गरेको नामावलीमा नाम भएका नेपाली नागरिकहरुले तोकिएको ट्राभल्स एजेन्सी मार्फत तोकिएको एयरलाइन्सको टिकट काट्न सक्ने छ । नेपाल फर्किने नेपाली नागरिकहरुको उड्नु भन्दा केहि समय अगाडी विमानस्थलमा फ्री आरडिटि परिक्षण गरेर मात्र नेपाल फर्किन सक्ने थियो भने अब विमानस्थलमा फ्री आरडिटि परिक्षण नहुने भएको छ। तत्काल उडनु पर्नेहरुले आरडिटी परिक्षण र ३/४ दिन पछि नेपाल फर्किने नागरिकहरुले पिसिआर परिक्षणको लागी पायक पर्ने कुनै पनि क्लिनिकमा परिक्षण गर्न सक्ने भएको छ।नेपाल पुग्दा ७ दिन ननाघेको पिसीआर नेगेटिभ रिजल्ट भए सिधै घरमा होम क्वारेन्टाइन बस्न सक्ने भएको छ।






Related Posts
  • कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)
  • प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ
  • सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय
  • कुवेतमा कोरोना संक्रमनबाट ६९ हजार ४२५ सङ्क्रमित, ६५१ नयाँ संक्रमित, तीन जनाको मृत्‍यु (अपडेट)
  • पछिल्ला सम्प्रेसणहरु

    कुवेतमा कोरोना संक्रमनबाट ७० हजार ४५ सङ्क्रमित, ६२० नयाँ संक्रमित, एक जनाको मृत्‍यु (अपडेट)

    प्रचण्डसहित परिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ

    सुनको मूल्य तोलाको एक लाख दुई हजार पाँच सय

    बिजनेष

    सुनको मूल्य नाघ्यो लाख ,तोलाको १ लाख १ हजार ४ सय

    अन्तर्वार्ता

    हामीसंग फेसबुकमा जोड़िनुहोस