आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024
FLASH NEWS

गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा.लि.ले पोखरामा गोर्खा बराह फेमिली किचन संचालन

परदेशी खबर १२ असार २०७७, शुक्रबार ०५:०५ मा प्रकाशित ( ३ साल अघि) ६६० पाठक संख्या

सम्बादाता , पोखरा


जुन २६- गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा लि. ले बिहिवार देखी गोर्खा एन्ड बराह फेमिली किचन पोखराको व्यस्त मुख्य व्यापारी केन्द्र न्युरोडको गोर्खा एण्ड बराह भवनको तेस्रो तलामा संचालनमा ल्याएको छ ।

प्रा.लि.ले संचालनमा ल्याइएको गोर्खा एण्ड बराह फेमिली किचनबाट ताजा खाना तथा खाजा स्वास्थ्य सुरक्षालाई अत्यधिक ध्यानमा राख्दै घर, बैक, सहकारी, हरेक व्यापार व्यवसायमा प्याकीङ गरी अनलाइन ,ईसेवा र होम डेलिभरी सेवा समेत उपलब्ध गराउनुको साथै सुपथ मुल्यमा गुणस्तरिय सेवा दिइने गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा.लि.का अध्यक्ष हरी धमलाले उद्घाटन कार्यक्रममा जानकारी गराएको थियो ।

उक्त उद्घाटन कार्यक्रम गोर्खा कम्युनिटीका अध्यक्ष WO2 धर्मराज गुरुङको प्रमुख आतिथ्यमा ,गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रालिका कोर सल्लाहकार समुहका मेजर प्रेम बहादुर थापा , मेजर हितमान गुरुङ , पुर्व एएसपी किशोर कुमार गुरुङ , सुबेदार मेजर देउ बहादुर गुरुङ ,द गोर्खाज वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भुपाल कुवँर , गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा लि का बोर्ड डाइरेक्टर एवं गोर्खाली रेडियोका अध्यक्ष मेजर लक्षिमी प्रसाद गुरुङ , गोर्खा एण्ड बराह ज्वेलरी इण्डस्ट्रीज प्रा.लि.का अध्यक्ष हरी धमला , गोर्खाली रेडियोका स्टेशन प्रवन्धक खिमा गुरुङ र गोर्खा एण्ड बराह परिवारको उपस्थितिमा हाल फैलिरहेको कोरोना भाईरसको संक्रमण बाट सुरक्षित राख्दै सामाजिक दुरि कायम गरि सम्पन्न भएको थियो ।

मन्तव्य राख्दै उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोर्खा कम्युनिटीका अध्यक्ष WO2 धर्मराज गुरुङले सबैको साथ र सहयोगले यो व्यवसाय राम्रो हुने बताउदै गुरुङले बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर राख्दै सामाजिक तथा भौतिक दुरि कायम गरेर सेवा दिनुपर्ने बताएका थिए । गोर्खा एण्ड बराह ग्रुपका अध्यक्ष शिव लामिछानेले धरान देखि अनलाइन मार्फत स्वास्थको ख्याल राखेर आत्माविश्वासको साथ तन मनले लाग्नुपर्ने बताउदै हौसला प्रदान गर्ने गोर्खाली समुदायलाई धन्यवाद दिंदै व्यवसायीक सफलताको शुभकामना दिएका थिए।

त्यसैगरी मन्तव्य राख्दै ग्रुपका जेनेरल म्यानेजर दिपिका सिंह गदालले शक्ति , क्षमता र सामार्थ्यले पुगेसम्म राम्रो गर्नपर्ने सुझाव दिएका थिए भने गोर्खा एण्ड बराहका बोर्ड डाइरेक्टर मेजर लक्ष्मी प्रसाद गुरुङले धरानमा यो व्यवसायले लकडाउनको बेला निकै सफलता प्राप्त गरेकोले पोखरामा पनि सफल हुने विश्वास लिएको बताएका थिए ।

बराह फेमिली किचनले धरानमा सफलता पाए पश्चात् पोखरामा संचालनमा ल्याएको हो । संचालनमा ल्याइएको गोर्खा बराह फेमिली किचनले अर्डर गरेको बढीमा ४५ मिनेट भित्रमा पोखरा भरी घर तथा कार्यालय र व्यवसायमा डेलिभरी गर्ने जनाइएको छ। फोन इन्स्टाग्राम , फेसबूक पेजबाट अर्डर गर्न सकिने छ भने पेमेन्ट गर्न ईसेवा , अईएमई पे , फोन पे , मोबाइल बैंकिङ र नगद मा पनि गर्न सकिने बताएको छ।