आज: ४ बैशाख २०८१, मंगलवार | Tue, 16, Apr, 2024
FLASH NEWS

कलाकार एवं समाजसेवी भिजन गुरुङ तथा ङोलो ङोल्स्यो समाजको पहलमा मृगौला पीडित आयुष्मा गुरुङलाई आर्थिक सहयोग

परदेशी खबर ७ असार २०७७, आईतवार ०२:३४ मा प्रकाशित ( ३ साल अघि) २२३ पाठक संख्या

भिजन गुरुङ / सिन्धुपाल्चोक
जुलाई २१,। “बोल्ने ओठहरु भन्दा सहयोग गर्ने मनहरु माहान हुन्छ ,सेवा नै धर्म हो” भन्ने मुल नाराका साथ कलाकार एवं समाजसेवी भिजन गुरुङ र ङोलो ङोल्स्यो समाजको पहलमा आयुष्मा गुरुङ बचाऊ अभियानलाई साथ दिंदै मृगौला पीडित जीवन र मृत्यू संग लड़ीरहेकी आयुष्मा गुरुङको उपचार सहयोगार्थ हङकङमा कार्यरत हङ्कङबासी अग्रज व्यक्तिले नेपाली ३०,१५०/- (तीस हजार एक सय पचास ) रुपैयाँ रकम सहयोग प्रदान गरेको छ। उक्त हङकङ बाट प्राप्त भएको सहयोग रकम मृगौला पीडित आयुष्मा गुरुङ लाई राजाराम गुरुङ ( सिन्धुपाल्चोक ), रुपेश आले मगर ( तनहुँ ) र कलाकार एवं समाजसेवी भिजन गुरुङ ( सिन्धुपाल्चोक ) ले हस्तान्तरण गरेका छ ।

मृगौला पीडित आयुष्मा गुरुङ बचाउ अभियान लाई साथ दिंदै धेरै बाट सहयोग रकम आइसकेको छ भने अझै पनि सहयोग रकम आउने क्रम जारी रहेको छ । यस अभियान लाई सहयोग गर्न इच्छुक सहयोगी मन भएका संघ संस्था तथा मनकारीहरु व्यक्तित्वहरुले कलाकार एवं समाजसेवी भिजन गुरुङ र ङोलो ङोल्स्यो समाजले चलाएको अभियान मार्फत सहयोग गर्न सकिने बताएको छ।

त्यसैगरी मृगौला प्रत्यारोपन गर्ने आशा बोकी धेरै समय देखि ओछ्यानमा रहेकी आयुष्मा गुरुङको आशा पनि बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी जस्तै दिन प्रति दिन लम्बिदै गइ रहेको छ । लकडाउन हुनु भन्दा पहिले देखिनै मृगौला प्रत्यारोपनको प्रक्रियामा रहेता पनि अहिलेको वर्तमान अवस्थामा कोरोनाको महामारी बढीरहेको कारणले कोरोना माहामारीको अवस्था कम नहुन्जेल सम्म मृगौला प्रत्यारोपन गर्न नमिल्ने डाक्टरहरुले सल्लाह दिएका छ्न।

मृगौला पीडित आयुष्मा गुरुङको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक र कम्जोर भएको हुंदा उपचारमा सहयोगको लागी देश बिदेशमा रहेका संघ संस्था तथा मनकारी समाजसेवी मनहरु लाई ङोलो ङोल्स्यो समाज, काठमाडौं परिवारले दिल खोलेर सहयोग गरि दिन हार्दिक अपिल समेत गरेको छ।

सहयोगको लागी निम्न व्यक्ति तथा बैंक खातामा जम्मा र सम्पर्क गर्न सकिने छ।
१. आधिकारिक बैंक खाता:
Mega Bank Nepal Limited
कल्पना गुरुङ ( मृगौला पीडितका दिदी)
A/C: 0250050000431
Boudha Branch, काठमाडौं
२. कल्पना गुरुङ – +९७७ – ९८५१२०८४४३ ( आयुष्मा को दिदी)
३. ङोलो ङोल्स्यो समाज काठमाडौंका कोषाध्यक्ष राजाराम गुरुङ +९७७ – ९८६०५८६५२० (मामा) र सह-कोषाध्यक्ष भिजन गुरुङ – +९७७ – ९८४०२४६१३७
४. हाम्रो रोधी घर ( गुरुङ मगर ) ग्रुपका संस्थापक तथा समाजसेवी रुपेश आले मगर – +९७७ – ९८०८०११६४५ (तनहुँ )